Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.43/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा भट्टीको स्वाद चखाउँदै जीवन

फिल्मीखबर, काठमाण्डौ, 2013/03/08

नेपालमा आजबाट रिदम रिलिज भएको छ तर यसमा मुख्य पात्र जीवन लुईटेल भने अष्ट्रेलियामा मालतीको भट्टीमा व्यस्त देखिएका छन् । केहि साता अगाडी मात्र अष्ट्रेलियाको कर्न्स सिटीमा मालतीको भट्टी देखाएका जीवनले हिजो बिहिबार पुन: अष्ट्रेलियाको सिड्नीमा उक्त फिल्मको प्रदर्शन गरेका छन् ।

 

बिगत दुई महिना देखि अष्ट्रेलिया भ्रमणमा रहेका जीवनले ढिलै भए पनि सिड्नी बासी नेपालीहरूलाई आफ्नो फिल्म देखाए । गत महिना आफैले अभिनय गरेको फिल्म रिदम प्रिमियर गरेको स्थानमा जीवनले भट्टीको पर्दा खोलेका हुन् । ढिलै भए पनि भट्टीको लोकल स्वाद चाख्न पाएकोमा सिड्नी वासीहरू खुसी देखिएको जीवनले फिल्मीखबरसँगको फोन सम्पर्कमा भने ।
 

हरेक बर्ष आफूले अभिनय गरेको कम्तिमा एउटा फिल्म प्रदर्शन गर्दै आएका जीवनले सिड्नी पश्चात अष्ट्रेलियाकै अर्को शहर एडिलेडमा भोली शनिबार भट्टीको पर्दा खोल्दै छन् । यि तीन स्थानमा फिल्म प्रदर्शन गरे पश्चात जीवन फाल्गुन ३० गते बुधबार नेपाल आउने भएका छन् । नेपाल आए लग्गतै जीवन फिल्म रिदमको पब्लिसिटी र अर्को फिल्म नोटबुकको डबिङमा व्यस्त हुनेछन् । जीवनको अनुपस्थितीले गर्दा फिल्म नोटबुकको डबिङ रोकिएको छ ।

 

मालतीको भट्टीलाई सिड्नीमा रिलिज गर्ने जिम्मा एञ्जल मुभिजले लिएको हो । बिगतमा नेपालमा फिल्मको वितरण तथा प्रदर्शन गर्दै आएको झापाको सुरूङ्गा हल र एञ्जल फिल्मसका निर्देशक दिनेश कुमार पोखरेलले नै सिड्नीमा एञ्जल मुभिजको स्थापना गरि नेपाली फिल्मको प्रदर्शन शुरू गरेका हुन् । पोखरेलले छिट्टै नै अष्ट्रेलियामा नेपाली फिल्मको निर्माण समेत गर्ने फिल्मीखबरलाई बताए । पोखरेलले सुटिङ्को व्यस्थापन जिम्मा नायक लुईटेललाई दिएको बताए ।

 

यता नायक लुईटेलले रिदम फिल्म रिलिज भईरहँदा दर्शकसँग बसेर प्रत्यक्ष प्रतिक्रिया लिन नपाएकोमा चिन्ता व्यक्त गरेका छन् । उनी भन्छन्- 'यता म व्यस्त भएकाले रिदमको रिलिजमा आउन सकिन । म अनुपस्थित भए पनि दर्शकले मेरो फिल्मलाई रूचाउनेछन् भन्ने बिश्वास लिएको छु ।'