Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

संचिताको गल ब्लाडर फ्याकियो

अनुप भट्टराई, काठमाण्डौ, 2013/03/08

स्टोनको फिगर धेरै पाईएपछि  नर्भिक हस्पिटलका डक्टरले संचिता लुईटेलको गल ब्लाडर (पित्त थैली) झिकिदिएका छन् । करिब ९० बढी स–साना पत्तथरहरु फेला पारेपछि उनको गल ब्लाडरलाई डक्टरले फ्याकिदिएका हुन् ।

 

अचानक दुई हप्तादेखि पेट दुख्न थालेपछि उनी गत सोमबार हस्पिटपल भर्ना भएकी थिईन् । डक्टरले उनलाई कोलेलिथियासिस् भएको डाईग्नोसिस् गरेका थिए र सोही दिन उनको अप्रेशन गरिएको थियो । मेडिकल भाषामा गलब्लाडरमा हुने स्टोनलाई कोलेलिथियासिस् भनिन्छ । अप्रेशन पश्चात संचिता तीन घण्टा आईसियूमा भर्ना भएकी थिईन् । त्यसपश्चात उनको अवस्था सामान्य हुदै थप दुई दिन हस्पिटलमै बसी बिहिबार साँझ उनी डिस्चार्ज भई घर फर्किएकी छिन्  ।

 

'अहिले मलाई ठीक छ कुनै डर मान्नु पर्ने अवस्था छैन,' होम रेष्टमा संचिताले शुक्रबार मध्यान्न फिल्मीखबरसंगको फोन सम्बादमा भनिन् । यध्यपी उनलाई डक्टरले एक महिनाको बेड रेष्ट तोकिदिएका छन्  । 

 
नोट :  किड्नी तथा यूरिनरी ब्लाडर (मुत्रथैली)लगायतका स्थानमा स्टोन देखिएमा स्टोन मात्र झिकिन्छ भने गलब्लाडरमा स्टोन भेटिएमा शरिरबाट गलब्लाडरसंगै स्टोन झिकेर फ्याक्ने गरिन्छ । गल ब्लाडर झिक्दा पनि मानिसको स्वास्थ्यमा कुनै प्रतिकूल असर नपर्ने हुदा यसो गरिने डक्टरहरुको भनाई छ । यध्यपी गल ब्लाडर झिकिएका मानिसहरुले  स्वस्थ भईसके पश्चात पनि चिल्लो पर्दाथहरु खान निकै कम गर्नुपर्ने हुन्छ ।