Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेनाको कदममा निर्देशक समाजको आपत्ती

फिल्मीखबर, काठमाण्डौ, 2013/03/04

अन्तत: सेनाको अबरोधका कारण मनोज पण्डित निर्देशित बधशाला फिल्म रिलिज नहुने अवस्थामा पुगेको छ । रिलिज हुन तीन दिन बाँकी छँदा सेन्सर प्रक्रियामा नेपाली सेनाको अबरोध प्रत्यक्ष भएपछि फिल्म निर्माण कम्पनी स्याम्सिङ एप्पल अन्योलमा परेको हो ।


यस्तै प्रोमोशनलाई तिब्रता दिएको बधशाला युनिटले सेन्सर अबरोधको बिषयमा परेको समस्यालाई भोलि आकस्मिक प्रेसमिट गरी सार्वजनिक गर्ने पनि भएको छ । यता चलचित्र निर्देशक समाजले निर्देशकको अभिब्यक्तिलाई स्वतन्त्र माध्यम भन्दै रक्षा र सञ्चार मन्त्रालयबाट भएको बधशाला सेन्सर अबरोध प्रति आपत्ती जनाएको छ । आज बसेको निर्देशक समाजको बैठकले एक विज्ञप्ती जारी गरी बधशाला यूनिटमाथि भएको अन्याय पूर्ण कदम तुरून्त सच्याउन माग गरेको छ ।


स्वतन्त्र रुपमा समाजमा घटेका घटनाहरूलाई फिल्मको माध्यमबाट समाजलाई  सु–सुचित गराउन पाउनु निर्देशकको अधिकार भएको भन्दै समाजले नेपालको संविधान प्रद्धत  स्वतन्त्र अभिब्यक्तिको सम्मान गर्दै बधशाला यूनिटमाथिको अन्याय सच्याउन माग गरेको हो ।