Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हमेशाले शुरू गर्‍यो डबिङ

फिल्मीखबर, काठमाण्डौ, 2013/03/04

चैत्र ३० गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको रेखा थापा अभिनित फिल्म 'हमेशा' को डबिङ आजबाट शुरू गरिएको छ । एक महिनाको अमेरिका भ्रमण पश्चात गत बुधबार नेपाल फर्केकी रेखाले नै हमेशाको डबिङ शुरू गरेकी हुन् ।

 

फिल्मका निर्देशक सबिर श्रेष्ठ 'आधि बाटो' फिल्मको सुटिङमा व्यस्त हुनु र रेखा अमेरिका तिर व्यस्त हुँदा यो फिल्मको डबिङको काम अगाडी बढ्न सकेको थिएन । रेखाको डबिङ सकिए लग्गतै अन्य कलाकारले डबिङ शुरू गर्ने भएका छन् । छविराज प्रोड्क्सनसंग रेखा थापाको कम्पनी रेखा फिल्मस् र गुण सिनेमा प्रालिको संयूक्त साझेदारीमा निर्माण गरिएको यो फिल्ममा रेखाको साथमा सबिन श्रेष्ठ र नरेन खड्का मुख्य भुमिकामा छन् ।

 

फिल्ममा रेखा पौडेलको संगीत रहेको छ । त्रिकोणात्मक प्रेमकथालाई सुवास सिंह बस्न्यातले तयार पारेका हुन् भने मदन घिमिरे 'काश्यप' ले फिल्मलाई खिचेका हुन् । रेखा फिल्म्सको कस्ले चोर्‍यो मेरो मनबाट नै डेब्यू गरेका निर्देशक श्रेष्ठको हमेशालाई आशलाग्दो फिल्मको रूपमा हेरिएको छ । निर्माता छबिराज ओझा आफ्ना अन्य फिल्म जस्तै यो फिल्म पनि हिट हुनेमा बिश्वस्त छन् ।