
औधोगिक नगरी हेटौडामा मिनि रंगशाला निर्माणको निम्ति कलाकारहरु जुट्ने भएका छन् । नवज्योति मिनि रंगशाला निर्माणको लागि विना पारिश्रमिक करिब २० जना सेलिब्रेटीले आफ्नो प्रस्तुती मार्फत उठ्ने सम्पूर्ण रकम रंगशालका निर्माणको लागि प्रदान गर्ने भएका हुन् ।
संगीतकार चेतन सापकोटाका अनुसार कन्र्सट मार्फत उठ्ने सम्पूर्ण रकम रंगशाला निर्माणको लागि खर्चिने छ । कन्सर्ट यहि फाल्गुन २६ गते शनिबार बिहान ११ बजे देखि सिदार्थ उच्च माविको प्राङगणमा हुदैछ जुन कन्र्सटमा राष्ट्रिय स्तरका संगीतकारहरु शम्भुजीत बास्कोटा, सुरेश अधिकारी, महेश खड्का, लक्ष्मण शेष, चेतन सापकोटाको साथमा गायिका अञ्जु पन्त, माण्डवी त्रिपाठी सहित गायक दीपक लिम्बु, प्रमोद खरेल, यस कुमार, नवराज घोरासैनीको बेजोड प्रस्तुती रहने छ ।
यस्तै कन्र्सटमा गृहनगरको कार्यक्रम भएकाले हिरोईन नीता ढुङ्गाना सहित, फाईट मास्टर राजेन्द्र खड्गी, हास्यकलाकार हर्के हवल्दार (बिष्णु सापकोटा)को पनि विशेष प्रस्तुती हुने छ । संगीतकार चेतन सापकोटाले यस पटकको कन्र्सट हेटौडामा मात्र हैन नेपालमै अहिले सम्म भएका मध्येको सवैभन्दा बृहत हुने दाबी गरेका छन् ।

