Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केएल टावरमा वरदान प्रिमियर/ राजधानी रिलिज पोष्टपोण्ड (अपडेट)

फिल्मीखबर, काठमाण्डौ, 2013/03/04

अभिनेत्री रेजिना उप्रेतीले पहिलो पटक निर्माण गरेको फिल्म 'वरदान' को सोमबार बिहान चावहिलको केएल टावरमा अवस्थित एफक्यूब हलमा प्रिमियर गरियो । केहि सञ्चारकर्मी तथा फिल्मकर्मीको साथमा फिल्मका केहि कलाकार र प्राबिधिकको प्रिमियरमा उपस्थिती रहेको थियो । फिल्ममा मुख्य पात्र राजेश हमाल र करिष्मा मानन्धरको भने प्रिमियरमा उपस्थिती थिएन ।


फिल्मलाई शोभित बस्नेतले निर्देशन गरेका हुन् । पारिवारिक प्रेमकथामा आधारित यो फिल्ममा राजेश र करिष्माको साथमा रेजिना उप्रेती, मुकेश ढकाल, अर्जुन कार्की लगायतको अभिनय रहेको छ । फिल्मको कथा सञ्चारकर्मी ध्रुब लम्सालले लेखेका हुन् भने संगीत मनोहर सुनामको रहेको छ । यस्तै फिल्ममा राजेन्द्र खड्गीको द्धन्दनिर्देशन, कृष्ण श्रेष्ठको छायाँकन तथा शिब विकको नृत्यनिर्देशन रहेको छ ।

 

यो फिल्म नायिका रेजिना उप्रेतीको रेजिना फिल्म्स र कविताको कविता फिल्म्सको संयुक्त व्यानरमा निर्माण भएको हो । युके र थाईल्याण्डमा दर्शकको राम्रो प्रतिक्रिया पाएको बताउँदै निर्माता कविता श्रेष्ठले नेपालमा पनि दर्शकले फिल्म मन पराउने बिश्वास लिएको बताईन् ।

 

यहि फाल्गुन २५ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भनिएको यो फिल्मको राजधानी रिलिज भने पोष्टपोण्ड भएको छ । मोफसलमा फाल्गुन २५ गते रिलिज भएर यो फिल्म चैत्र २ गते राजधानी भित्रिने भएको छ ।