अकस्मात पेटमा स्टोन देखिएपछि संचिता लुईटेल थापाथली स्थित नर्भिक हस्पिटल भर्ना भएकी छिन् । पेटमा केही समस्या आएपछि उनले गत मंगलबार नर्भिक हस्पिटलमा चेकअप गराएकी थिईन् जसको ठीक एक हप्तामा आज उनको स्टोन निकालिदैछ ।
'दिज्यूको पेटमा स्टोन देखिएकाले आज त्यो स्टोन निकालिदैछ', संचिताकी बहिनी शिवानीले फिल्मीखबरलाई जानकारी गराएकी छिन् । बिहान साढे दश बजेको टाईममा संचिताको पेटबाट स्टोन निकालिने समय हस्पिटलले तोकेको शिवानीको भनाई छ । दुई सन्तानकी आमा संचिता फिल्मी अभिनयमा फर्किने सोचाईमा पनि छन् तर त्यसका लागि उपयुक्त अफर उनले कुरी रहेको पनि बुझिएको छ ।
अकस्मात पत्थरी(स्टोन) को विरामी भएकी संचिताको पेटमा स्टोनको मात्रा के कति रहेको छ त्यो भने खुलाईएको छैन ।

