गैर फिल्मकर्मी नियुक्तिले आन्दोलनको भावनालाई कुठाराघात गरेको भन्दै फिल्मसंग सम्बन्धीत चौध वटा संघसस्थाले प्रमेश साह नियुक्ति प्रक्रिया तुरुन्त खारेज हुनु पर्ने माग गरेका छन् ।
गत बिहिबार सञ्चार मन्त्री राजकिशोर यादवले आफ्नो पार्टीका केन्दिय सदस्य एवं साझा स्वास्थ्य सेवाको चेयर म्यानको रुपमा यथावत रहेका आफ्ना पूर्व स्वकिय सचिव साहलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका थिए जुन नियुक्तिमा चलचित्र बिकास बोर्डका अध्यक्ष सहित चौध वटा प्रमुख संघस्थाका प्रतिनिधिले विरोध गरेका छन् ।
'मन्त्री आफैले गरेको प्रतिबद्धताको मर्म र भावना विपरितको निर्णय हो त्यसैले आजको बैठकबाट सो निर्णय तत्काल फिर्ता हुनु पर्ने माग गरेका छौ,' कलाकार संघका अध्यक्ष नवल खड्काले भने । खड्काका अनुसार निर्णय फिर्ता नभए आन्दोलन घोषणाको स्थिती पनि आउनेछ ।

