Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रमेशको नियुक्तिमा पप्पुको असन्तुष्टी / अरू संघसंस्थाले पनि विरोध गर्ने

अनुप भट्टराई, काठमाण्डौ, 2013/03/02

सञ्चारमन्त्री राजकिशोर यादवले विना  छलफल  चलचित्र बिकास बोर्डको सदस्यमा प्रमेश साहलाई नियुक्त गरेपछि बोर्ड अध्यक्ष धर्मेन्द्र मरवैता (पप्पु)ले प्रमेशको नियुक्तिमा असन्तुष्टी ब्यक्त गरेका छन् ।  

 
श्रोत अनुसार काठमाण्डू बाहिर गएका बेला सञ्चारमन्त्री यादवले पार्टीको केही सदस्यहरुको दबावमा साहलाई बोर्ड सदस्य बनाएपछि पप्पु र मन्त्रीको समेत मनमुटावको स्थिती पैदा भईदिएको छ । मन्त्री हुने बखत प्रमेशले देखाएको सहयोगको गुन तिर्न यादवलाई पार्टीका अन्य सदस्यहरुले दबाब दिएपछि राजनीतिक पृष्ठभूमिका प्रमेश जर्वजस्ती बोर्ड सदस्यमा नियुक्त भएका हुन् । 
 
यहि साता बाबुराम सरकार ढल्ने स्थिती रहेको अवस्थामा पार्टीका एक प्रभावशाली सदस्यले मन्त्रीलाई सरकार ढलेपछि तपाईको स्थिती पनि त्यही हुन्छ  बिचार गर्नुस् र यो निर्णय गरिहाल्नुस् भन्दै दबाव दिएपछि आफ्ना पूर्व स्वकीय सचिव एवं पार्टीका केन्द्रीय सदस्य प्रमेशलाई मन्त्री यादवले  बोर्ड सदस्यमा नियुक्त  गरेको  सञ्चार मन्त्रालय श्रोतको भनाई छ ।
 
यध्यपी बोर्ड पठाउनु अघि राजकिशोरका मानिसहरुले सेन्सर बोर्डमा प्रमेशलाई पठाउने निर्णय गर्ने तयारी गरेका थिए तर सेन्सर बोर्ड जस्तो निकायमा फिल्म सम्बन्धी ज्ञान निकै कम भएका प्रमेशलाई पठाउदा बिरोध हुन्छ भन्ने चाल पाएपछि  उनले आफ्नो डिजाईनलाई परिवर्तन गरी रामा मण्डललाई बोर्ड सदस्यबाट हटाउदै सेन्सर सदस्य बनाउने  डिजाईन अनुरुप  प्रमेशलाई रामाको  स्थानमा नियुक्त गरिएको  श्रोतको दाबी छ । 
 
यता पप्पु चाहि अब फिल्मकर्मीहरुको तर्फबाट विरोध खोप्न नसक्ने भन्दै मन्त्रीको सो निर्णयबाट असन्तुष्ट छन् । पप्पु निकट श्रोत अनुसार फिल्म सम्बन्धी ज्ञान नभएकाले प्रमेशको नियुक्तिमा पप्पुको आपत्ती भएको हो । जुन आपत्ती अनुरुप नियुक्ति भएको भोलिपल्ट सञ्चारमन्त्रालयमा भएको 'दृष्टीकोण' फिल्म र डकुमेन्ट्री 'हू वील वी गुर्खा'को सेन्सरमा प्रमेश जान लागेका बेला पप्पुले सदस्य सचिव गुरु प्रसाद सुवेदीलाई सेन्सरमा आफै बस्न दबाव दिएपछि पप्पुको प्रमेश नियुक्तिको बिषयमा  असन्तुष्टी  बाहिरिएको हो । 
 
यध्यपी यो बिवादको बिषयमा आफूलाई केही थाहा नभएको र अध्यक्षको आदेश बमोजिम आफू सेन्सरमा बसेको सदस्य सचिव सुवेदीले प्रतिक्रिया दिएका छन् । यता राजनीतिक हस्तक्षेप ज्यादा भएको भन्दै प्रमेश नियुक्तिको बिषयमा भोली बिहान ११ बजे चलचित्र कलाकार संघको कार्यालयमा १४ वटा संघसंस्थाको सामुहिक छलफलले प्रमेश नियुक्तिको बिषयमा विरोधको कार्यक्रम सार्वजनिक गर्ने भएको छ । 
 
निर्माता संघका अध्यक्ष राजकुमार राईका अनुसार आन्दोलनको क्रममा मन्त्रीसंग भएको सहमतिको बुँदा नम्बर दुईमा उल्लेख भए बमोजिमको ब्यक्ति बोर्डमा नियुक्त नभएकाले विरोधको कार्यक्रम आउने करिब निश्चित छ ।