Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मञ्जरीको `चल्दैछ जादु` (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/03/01

टिनेजर युवायुवतीको प्रेम कस्तो हुन्च र उनीहरूले आफ्नो प्रेमलाई कसरी व्यक्त गर्छन् भन्ने बिषयमा केन्द्रित रहेर विशुद्ध प्रेमकथामा निर्माण गरिएको फिल्म 'मञ्जरी' को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतले नै फिल्मको आकर्षक प्रस्तुतीको छनक दिन्छ ।

 

युवानिर्देशक गणेश देव पाण्डेले बुटवलको एक सत्यघटनालाई आधार मानेर गौरव पहारी र सुजाता कोईरालाको रोमाञ्चक प्रेमकथालाई प्रस्तुत गरेका छन् । यसअघि मालतीको भट्टी निर्देशन गरेर छोटो समयम नै राम्रै प्रशंशा पाएका निर्देशक पाण्डेले यो फिल्मबाट भने राम्रै क्रेडिट पाउने बिश्वास गरिएको छ । टुका ईन्टरटेन्मेन्टको ब्यानरमा नरेश देब पाण्डे, महेश चालिसे र प्रदीप कुमार उदयले निर्माण गरेको यो फिल्ममा टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला थापाको पनि मुख्य भुमिका रहेको छ ।

 

प्रस्तुत सार्वजनिक गीतमा मालतीको भट्टीबाटै संगीतकारको रूपमा डेब्यू गरेका कालिप्रसाद बाँस्कोटाले संगीत भरेका छन् भने सनुप पौडेल र पुष्पा गुरूङले स्वर दिएका छन् । शब्द चयन भने संगीतकार बाँस्कोटा र सबिन 'एकतारे' ले गरेका हुन् । यो फिल्म चैत्र ९ गते सार्वजनिक हुँदैछ । फिल्मले निर्देशक पाण्डेको मात्र हैन डेब्यू कलाकार गौरव र सुजाताको पनि करियरलाई जोडेको छ र आश पनि उत्तिकै गरिएको छ ।