चैत्र ३० गते रिलिज हुन लागेको योगेश घिमिरे निर्देशित फिल्म 'नोटबुक' को हल ट्रेलर रिलिज गरिएको छ । फिल्मले ५० बर्ष पछिको नेपाल देखाउन खोजेको निर्देशक घिमिरेले बताए पनि सार्वजनिक प्रोमोले भने त्यसको कुनै झलक दिएको छैन । योगेश भने प्रोमोमा नै ५० बर्ष पछिको नेपाल देखाए दर्शकमा उत्सुकता नहुने बताउँछन् ।
प्रज्ञा फिल्मसको व्यानरमा प्रज्ञा जोशीले निर्माण गरेको यो फिल्ममा जीवन लुईटेल, नीता ढुङगाना र नयाँ हिरो शेन सापकोटा मुख्य भूमिकामा रहेको छ । नोटबुकको कथा निर्देशक घिमिरेकै हो भने पटकथा तथा संवाद शिबम अधिकारीको रहेको छ । संजय लामाको छायाँकन रहेको यो फिल्ममा द्धन्दनिर्देशन रोशन श्रेष्ठले गरेका छन् भने करियोग्राफी कविराज गहतराजको रहेको छ ।
यसअघि सार्वजनिक गरिएको फस्टलुक प्रोमो र गीतलाई दर्शकले रूचाईेको पाईएको छ । निर्देशक घिमिरेले सार्वजनिक प्रस्तुत हल ट्रेलरलाई पनि दर्शकले रूचाउने दाबी गरे । उनले यहि प्रोमो हेरेर दर्शक हलसम्म तानिने बिश्वास समेत व्यक्त गरेका छन् । योगेशले आफ्नो यो फिल्मलाई महत्वाकांक्षी फिल्मको रूपमा हेरेका छन् ।

