Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र संघको ४१ औं साधारणसभामा को-को हुँदैछन् त सम्मानित ?

फिल्मीखबर, काठमाण्डौ, 2013/02/26

देशभर छरिएर रहेका करिब सय प्रदर्शक, बरिष्ठ फिल्मकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थितीमा नेपाल चलचित्र संघको ४१ औं साधारणसभा यही फागुन १६ गते अर्थात भोली चितवनको सौराहामा सम्पन्न हुन गइरहेको छ ।

 

साधारणसभामा खासगरी फिल्म उद्योगको वर्तमान अवस्था, फिल्म नचल्नुको कारणहरु एवं चलचित्र विकास बोर्डले फिल्म र फिल्म प्रदर्शन घरका लागि लागू गर्न खोजेको मापदण्डको बिषयमा छलफल गरि एउटा निष्कर्ष निकालिने संघले जनाएको छ । यसै अवसरमा गत वर्षबाट नेपाल चलचित्र संघकै सक्रिय सदस्यहरुको अगुवाईमा सुरु गरिएको तथा चलचित्र संघले प्रदान गर्ने नेपाली चलचित्रकर्मी स्मृति सम्मान यस वर्ष यही कार्यक्रमको अवसरमा प्रदान गरिने भएको छ ।

 

उक्त अवसरमा विश्वज्योति गरिबनाथ सराफ प्रकाश थापा स्मृति निर्देशक सम्मानबाट निर्देशक उज्ज्वल घिमिरे, द्वारिका प्रसाद उदय शिवशंकर मानन्धर स्मृति अभिनेता सम्मानबाट अभिनेता कृष्ण मल्ल, गुण समूह शान्ति मास्के स्मृति अभिनेत्री सम्मानबाट अभिनेत्री करिश्मा मानन्धर, भुवनेश्वर अमात्य नारायणगोपाल स्मृति सम्मानबाट गायक राजेश पायल राई, शेरबहादुर पोखरेल श्री विक्रम राणा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार शान्तिप्रिय, हरिबहादुर हिरादेवी श्रेष्ठ डायमण्ड शमशेर स्मृति लेखन सम्मानबाट लेखक साहित्यकार नयनराज पाण्डे, क्वेष्ट इन्टरटेनमेन्ट मधुकर बस्नेत स्मृति प्राविधिक सम्मानबाट छायाँकार राजुविक्रम थापा र चन्द्रप्रसाद पराजुली गोपालभुटानी स्मृति द्वन्द्व कलाकार सम्मानबाट द्वन्द्व निर्देशक एनबी महर्जन सम्मानित एवं पुरस्कृत हुने भएका छन् ।

 


नेपाली फिल्ममा आफूलाई समर्पित गरेर नेपाली फिल्मको श्रीबृद्धिको लागि आफ्नो ज्ञान, सीपलाई भरमग्दुर प्रयोग गरी योगदान पुर्‍याउँदै अग्रजको सत्प्रेरणालाई जीवन्तता दिन गरिएको एउटा प्रयास ‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान’ रहेको संघले जनाएको छ । चलचित्र संघसँग आबद्ध रहेका एवं सम्मानका दाताहरु सम्मिलित रही सम्मान एवं पुरस्कार संचालनार्थ नेपाली चलचित्रकर्मी स्मृति सम्मान कोष समिति स्थापना गर्दै पुरस्कार एवं सम्मानको थालनी गत वर्षबाटै गरिएको हो ।

 

यस समितिको मुल उद्देश्य भनेकै सम्मान एवं पुरस्कारहरु स्थापना गरी प्रदान गर्नु तथा उद्देश्य प्राप्तीका लागि खोज तथा अनुसन्धान, अन्तरक्रिया, गोष्ठी गर्ने गराउने एवं उद्देश्य अनुरुपकै विभिन्न गतिविधि गर्ने रहेको छ । समितिको अध्यक्ष एवं सदस्य सचिव रहने यस कोषमा सम्मानार्थ प्रदान गरिने पुरस्कारका दाताहरु नै कार्यसमितिमा रहेका छन् । सदस्यदाताहरुबाट अक्षयकोष खडा गर्न एक–एक लाख गरी स्रोत जुटाइएको यस सम्मानमा बार्षिक रुपमा ब्याजबाट आउने रकम मध्येबाट हरेक विधामा ११,१,११ रुपैयाँ सहित  ताम्रपत्र सहितको सम्मान रहने गरी व्यवस्था गरिएको छ ।


यसरी स्थापित सम्मान तथा पुरस्कारहरुमध्ये विश्वज्योती गरिबनाथ सराफ प्रकाश थापा स्मृति निर्देशक सम्मान गरिबनाथ सराफकै छोराबुहारी मोहन सराफ एवं शिखा सिं सराफले, त्यस्तै द्वारिका प्रसाद उदय शिवशंकर मानन्धर स्मृति अभिनेता सम्मान द्वारिकाप्रसाद उदयकै छोराबुहारी प्रदीपकुमार उदय एवं सुमी रञ्जित उदयले, गुण समूह शान्ति मास्के स्मृति सम्मान गुण समूहकै दिजेन्द्र शाक्य एवं प्रमिला शाक्यले, भुवनेश्वर अमात्य नारायणगोपाल स्मृति संगीत सम्मान भुवनेश्वर अमात्यकै छोराबुहारी योगेश्वर अमात्य एवं मंगला अमात्यले, शेरबहादुर पोखरेल श्री विक्रम राणा स्मृति पत्रकार सम्मान शेरबहादुर पोखरेलकै छोरा बुहारी राजकुमार पोखरेल एवं मीना पोखरेलले, हरिबहादुर हिरादेवी श्रेष्ठ डायमण्ड शमशेर राणा स्मृति लेखन सम्मान हरिबहादुर हिरादेवी श्रेष्ठकै छोराबुहारी वीरेन्द्रनारायण श्रेष्ठ एवं प्रभा श्रेष्ठले, क्वेष्ट इन्टरटेनमेन्ट मधुकर बस्नेत स्मृति प्राविधिक सम्मान क्वेष्ट इन्टरटेनमेन्टले, चन्द्रप्रसाद पराजुली गोपाल भुटानी स्मृति द्वन्द्व कलाकार सम्मान चन्द्रप्रसाद पराजुलीकै छोराबुहारी बलराम पराजुली एवं सिन्धु पराजुलीले स्थापना गरेका हुन् ।