Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

चैत्र ९ : लभ स्टोरी भर्सेज सस्पेन्स थ्रील

फिल्मीखबर, काठमाण्डौ, 2013/02/26

हरेक साता कम्तिमा पनि दुई फिल्मको भिडन्त हुने गरेको छ । यहि भिडन्तमा चैत्र ९ गते पनि दुई फरक बिषयबस्तुमा निर्माण गरिएका फिल्म 'मञ्जरी' र 'भिजिलान्ते' युद्ध मैदानमा उत्रदैं छन् ।

 

दुई टिनेजर केटाकेटी विचको विशुद्ध प्रेमकथामा निर्माण गरिएको 'मञ्जरी' र पहिलो पटक थ्रीडी प्रबिधिमा निर्माण गरिएको सन्पेन्स थ्रील फिल्म 'भिजिलान्ते' विचको प्रतिश्पर्धा निकै कडा हुने पूर्वानुमान गरिएको छ । यि दुबै फिल्म फरक बिषयबस्तुमा निर्माण गरिएका प्रतिक्षित फिल्मको लिस्टमा पर्छन् । त्यसैले पनि यि दुईको भिडन्त हेर्न लायक हुने नै छ ।

 

बुटवलमा घटेको एक  सत्य घटनामा आधारित रहेर गणेश देव पाण्डेले निर्देशन गरेको फिल्म 'मञ्जरी'मा गौरव पहारी र सुजाता कोईरालाको प्रेमकथालाई बुनिएको छ । टुका ईन्टरटेन्मेन्टको ब्यानरमा नरेश देब पाण्डे, महेश चालिसे र प्रदीप कुमार उदयले निर्माण गरेको यो फिल्ममा टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला थापाको पनि मुख्य भुमिका रहेको छ । महेश पौडेलको छायाँकन रहेको यो फिल्ममा गम्भिर बिष्टको करियोग्राफी तथा अनन्त थपलियाको सम्पादन रहेको छ भने संगीत कालिप्रसाद बाँस्कोटाको रहेको छ ।
 

 

शान बस्न्यातले तयार पारेको स्क्रिप्टमा प्रियंका कार्की, सुवास थापा, राज घिमिरे, शिखा शाही, मेनुका प्रधान, ए गुरूङ र शंकर आचार्यले मुख्य भुमिका निर्वाह गरेको भिजिलान्ते फिल्मलाई दीपेन्द्र के खनालले निर्माण तथा निर्देशन गरेका हुन् । अस्लेशा इन्टरटेनमेन्टमा थ्रीडी प्रविधिमै दीर्घ खड्काले सम्पादन गरेको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् भने द्धन्द सूर्य थोकरको रहेको छ । फिल्ममा सुरेश राईको संगीत रहेको छ ।