Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ डिसिएनको `शून्य` ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2013/02/26

५ बर्षदेखि सञ्चालनरत नेपालको नम्बर वान फिल्म एक्जिबिसन तथा डिस्ट्रिब्युसन कम्पनी डिजीटल सिनेमा नेपाल (डिसिएन)ले निर्माण गरेको पहिलो फिल्म शून्यको ट्रेलर सार्वजनिक गरिएको छ ।

 

५० लाख बजेटको यो फिल्मको रिलिज डेट फिक्स गरिएको छैन तर दर्शक प्रतिक्रिया बटुल्न डिसिएनले पहिलो प्रोजेक्टको ट्रेलर रिलिज गरेको हो । यो फिल्मलाई अनुपम लामाले निर्देशन गरेका हुन् जसमा छड्केका हिरो निकुन श्रेष्ठको साथमा अनुप सापकोटा, शान्ति गिरी लिड रोलमा छन् ।

 

नयाँ फिल्ममेकरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ डिसिएनले डिस्ट्रिब्युसन कार्यलाई रोक्दै प्रोडक्सनमा ध्यान केन्द्रित गरेपछि यो प्रोजेक्ट जन्मिएको हो । अहिले डिसिएनले डिस्ट्रिब्युसनलाई पूर्णरुपमा रोक लगाउदै आफ्ना झण्डै सय वटा सर्भरबाट देशभरिका हलमा एक साथ फिल्म देखाउने मात्र गरिरहेको छ । डिसिएन महाप्रबन्धक अशोक शर्माका अनुसार फरक टेष्टमा यो फिल्म बनाईएको छ ।