दुई बर्ष भईसक्यो हिरोईन बनाउने भनेको तर अझै यो प्रोजेक्ट रिसर्चको फेजमा रहेको रोज राणा बताउछन् । यो अवधिमा उनले फाईनल गरिसकेका दर्जनौ स्क्रिप्टहरुलाई जलाएपनि तर अझै उनको रिसर्च अझै सकिएको छैन । त्यति मात्र हैन काष्ट सेलेक्सनको निर्णय पनि उनले सार्वजनिक गरेका छैनन् । तर उनले यो अवधिमा हिरोईन बनाउन छाडेर नयाँ रेष्टुरेन्ट बनाए जुन रेष्टुरामा आजकाल उनी दिनभर ब्यस्त रहन्छन् ।
यो दुई बर्षको अवधिमा उनले धेरै कलाकारहरुलाई हिरोईन बनाउने भन्दै एक किसिमको तयारी पनि गरे तर उनको रिसर्चले डिमान्ड गरेको मापदण्ड पुरा गर्न न त चल्तीमा रहेका कुनै पनि हिरोईनहरुले सके न त नयाँ मोडलहरुले नै । पर्दा पछाडी र पर्दा अगाडी हिरोईन फ्लोरमा जान नसकेको थुप्रै कारण होलान् तर स्क्रिप्ट फाईनलका लागि रिसर्च अन्तिम चरणमा रहेको भन्दै निर्देशक दिनेश डिसीसंगको सिटिङमा आफूलाई पुनः ब्यस्त बनाउन थालिसकेका छन् ।
.jpg)
तर अचम्मको कुरा के छ भने रोजले प्रधानमन्त्री बाबुराम भट्टराईका पर्सनल सेक्रेटरीलाई आफ्नो अपकमिङ फिल्मको हिरो हो भनी सोमबार राति सार्वजनिक रुपममा लेखेका छन् । सोसल साईट फेसबुकमा पिएम सेक्रेटरी विश्वदीप पाण्डेको प्रोफाईल पिक्चरमा कमेन्ट गर्दै उनले लेखेका छन्- '@ विश्वदीप सर जी, मेरो अपकमिङ मुभी हिरोईनको हिरो हजुर हुनु पर्यो ईट्स ट्रियू ।' जवाफमा पिएम राईट ह्याण्ड पाण्डेले 'ट्रियू नै हो भने सोचु त म ?' भनी' कमेन्ट गरेका छन् । यो न्यूज तयार पारुन्जेल सम्म रोजको कमेन्ट फर्किएको छैन ।
रोजले हिरोईनको स्क्रिप्टलाई परिमार्जित गरी मेल क्यारेक्टरको ट्रिटमेन्ट थपेको बताएका छन् जसका लागि रेश मरहठ्ठा सहित केही मेल आर्टिष्टहरुलाई उनले सो रोल दिने पनि बताउदै आएका थिए तर अचानक पिएम सेक्रेटरीलाई उनले खुला रुपमै आफ्नो फिल्मको हिरो बन्न आग्रह गर्दै ईट्स ट्रियू भनी गरेको प्रतिबद्धताले धैरै प्रश्नहरु जन्माएको छ ।

