पछिल्लो समय निरन्तर फल्प फिल्म दिंदै आएका तुलसी घिमिरेले बजेट कम भएको भन्दै आफूले उत्कृष्ट फिल्म तयार गर्न नसकेको स्विकारेका छन् । उनीद्धारा निर्देशित एक्काईसौं फिल्म दृष्टिकोण तयार भएपछि उनले आज प्रेस मिट गरी सो रहष्य खोलेका हुन् ।
'बजेट कम भएकाले नै राम्रो फिल्म बनाउन नसकिएको हो,' घिमिरेले भने- 'रिच प्रर्पटी पर्ने चिजलाई प्रोड्यूसरहरुले कम गर्न खोज्दा राम्रा फिल्म नराम्रा बनिरहेका छन् जसलाई निर्देशन गर्न हामी बाध्य छौं ।' उनले आफ्ना नजरका क्षमतावान निर्देशकहरु अशोक शर्मा, राजेन्द्र शलभ पनि यहि पिडाबाट गुज्रिएको भन्दै फिल्म निर्देशनमा उनीहरु सुस्ताउनुको कारण यहि रहेको बताए ।
घिमिरेले दश बर्षअघि रिलिज भएको दर्पण छाँया पछिका आफ्ना फिल्महरुलाई उत्कृष्ट बनाउन पर्याप्त बजेट नहुनुले नै यो स्थिती आएको बताएका हुन् । प्रेस मिटमा दृष्टिकोण पनि कम बजेटको फिल्म रहेको उनका वाणीहरुले ब्यक्त गर्दै थिए । उनी भन्दै थिए- 'हामीले निकै दु:ख गरेर कम बजेटमा राम्रो फिल्म दिने कोशिश गरेका छौं ।' पुरानै ढर्रामा निर्माण गरिएको यो फिल्मको आजै फस्टलुक र अडियो सार्वजनिक गरियो ।
.jpg)
अडियो सार्वजनिक निर्देशक घिमिरे सहित उनकी श्रीमती तथा सोही फिल्मकी एक शसक्त कलाकार भारती घिमिरे, संगीतकार विवि अनुरागी, फिल्मका हिरो कुणाल, प्रस्तुतकर्ता ममता गजमेर सहित अशोक शर्मा र चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीले गरेका थिए । यो फिल्ममा केही बर्षअघि रोज राणासंगको कन्ट्रोभर्सीमा फसेकी हिमानी डिसी लिड रोलमा छिन् ।
यो फिल्म चैत्र ३०मा छवि ओझाको हमेशा र योगेश घिमिरेको नोटबुकसंगै प्रतिष्पर्धामा आउनेछ जसको ट्रेलर र दुई वटा गीतलाई आजको प्रेस मिटमा पनि सार्वजनिक गरियो ।
.jpg)

