Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

रेजिनाले ठोकेरै भनिन्- `फिल्म राम्रो छ`

फिल्मीखबर, काठमाण्डौ, 2013/02/25

बिगत १२ बर्ष देखि नेपाली फिल्म उधोगमा निरन्तर क्रियाशिल रहेकी अभिनेत्री रेजिना उप्रेतीले पहिलो पटक फिल्म निर्माणमा हात हालेकी छिन् । आफ्नो १२ बर्षे अनुभवलाई समेट्दै रेजिनाले निर्माण गरेको फिल्म 'वरदान' यहि फाल्गुन २५ गते रिलिज हुँदैछ ।

 


सोमबार फिल्मको बारेमा जानकारी गराउन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा रेजिनाले भनिन्- 'म ठोकेरै भन्छु मेरो फिल्म राम्रो बनेको छ । विगतमा के-के गरियो त्यो नहेर्नुस् अहिले के गरिएको छ त्यो हेर्नुस् ।' उनले आफ्नो टिमले सक्दो मेहनत गरेर राम्रो फिल्म बनाएको दाबी गर्दै राम्रो लागे राम्रो र नराम्रो लागे नराम्रो भन्नका लागि नहिचकिचाउन आग्रह गरिन् ।

 

यस्तै झण्डै तीन महिनाको लण्डन बसाईका क्रममा रेजिनाले धेरै स्टेटमा फिल्म रिलिज गरेको र दर्शकको राम्रो प्रतिक्रिया पाएको बताईन् । उनले मिडियामा आफ्नो बिहे भएको खबर आएको बारे आपत्ति जनाउँदै बिहे नभएको तर छिट्टै नै गर्ने बताईन् । उनले भनिन्- 'म भागेर बिहे गर्दिन । जुन दिन बिहे गर्छु सबैलाई जानकारी नै गराउने छु ।' आजका दिनसम्म यो स्थानमा पुर्‍याउन दर्शकको ठूलो हात रहेको भन्दै वरदानमा पनि साथ पाउने उनको विश्वास छ ।

 

 

रेजिना फिल्म्स र कविता फिल्म्सको संयुक्त व्यानरमा निर्माण भएको पारिवारिक प्रेमकथामा आधारित यो फिल्ममा रेजिनाको साथमा राजेश हमाल, करिष्मा मानन्धर र मुकेश ढकालको मुख्य अभिनय रहेको छ । शोभित बस्नेतले निर्देशन गरेको यो फिल्ममा लेखन ध्रुब लम्सालको रहेको छ । कविता श्रेष्ठ निर्माता रहेको यो फिल्ममा मनोहर सुनामको संगीत, राजेन्द्र खड्गीको द्धन्दनिर्देशन, कृष्ण श्रेष्ठको छायाँकन तथा शिब विकको नृत्यनिर्देशन रहेको छ ।