पछिल्लो समय फुर्सदिलो बनेका नायक मुकेश ढकालले गुपचुपमा 'गुड फ्रेण्ड' नामक फिल्मको सुटिङ सकेका छन् । केहि दिन अगाडी सुटिङ सकिएको उक्त फिल्मलाई राज बहादुर शानेले निर्देशन गरेका हुन् ।
एड्स रोगको बारेमा जनचेतना जगाउन निर्माण गरिएको यो फिल्ममा मुकेश कण्डम व्यापारीको भुमिकामा प्रस्तुत भएका छन् । फिल्मीखबरसँगको भेटमा मुकेशले भने- 'कण्डमको प्रयोग गर्दा कति हदसम्म एड्स रोग रोकथाम गर्न सकिन्छ भन्ने सन्देश फिल्मले दिनेछ ।' फिल्मको मुख्य नारा नै 'कण्डम लगाऔं एड्स भगाऔं' भन्ने रहेको छ । 'अहिले विश्वमा नै यो रोगको प्रकोप छ । फिल्म समाजको ऐना भएकाले केहि सन्देश दिन सकिन्छ कि भन्ने लागेर यो फिल्म गरेको हुँ,' मुकेशले भने ।
एउटा आईटम गीत बाँकी राखेर काठमाण्डौ उपत्यका वरपर नै सुटिङ गरिएको यो फिल्ममा सबिना कार्की, पूजा महर्जन लगायतको अभिनय हेर्न सकिनेछ ।

