Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

शम्भुजितका अगाडी यश कुमारलाई हम्मे–हम्मे

फिल्मीखबर, काठमाण्डौ, 2013/02/24

एउटा गीत कति समयमा रेर्कड गर्न सकिन्छ भन्ने निर्णय गायकको मुडमै हुन्छ । तर धेरै पछि स्टूडियोमा गीत रेकर्ड गर्ने बेलामा यश कुमारलाई गार्‍हो परेको छ । हुन त जीतबाबु (शम्भुजित बाँस्कोटा)को अगाडी पहिलो पटक गीत गाउँदा शायद उनी नर्भस भएका हुन् तर यो कुरा मान्न यश तयार थिएनन् ।


१६ वटा फिल्म गीत लेखिसकेकी बरिष्ठ गीतकार उन्नती बोहरा शीलाको जागरण शैलीको नयाँ गीतमा स्वर भरेका यश र जीतबाबु पहिलो पटक काम गर्दै थिए । 'दश बर्षअघि मैले यशलाई चिनेको हो, भाई राम्रो संगीतकार पनि हो र गायक पनि तर आज हामी पहिलो पटक काम गर्दैछौ त्यसैले अलिकति ट्यूनिङ मिल्न समय लागेको हुन सक्छ,' आधी बाटोको सुटिङ प्रेसरमा रहेका बेला गीत रेकर्ड गर्नका लागि भर्जिन स्टूडियो नक्साल पुग्दा यशले पटक- पटक टेक खाएको बिषयमा सोधिएको प्रश्नमा प्रतिक्रिया दिदै शम्भुजितले भने ।

 

 

शम्भुजितसंगको पूरानो ईतिहास पल्टाउने हो भने स्वर्ग फिल्मको 'म त अब रिसाउछु बोल्दै बोल्दिन..' बोलको गीत गाउन कुमार सानुले सात घण्टा लगाएको पनि उदाहरण छ । तर यशले आफ्नो कम्पोज बाहेक अरुको कम्पोजमा गाउने बानी नरहँदा पनि यस्तो भएको बताए । यध्यपी केही घण्टे प्रयास पश्चात यसले सोचे जस्ते रिजल्ट दिएपछि शम्भुजित यो प्रोजेक्टले मार्केट तताउने बिषयमा ढुक्क छन् ।

 

यता गीतकार बोहरा पनि फेरी सांगीतिक दुनियाँमा आफ्नो नयाँ छलाङ हुने संकेत पाएपछि हर्षित छिन् । शम्भुजितले यशले फिल्म खेलेको पनि मन परेको प्रतिक्रिया दिएका छन् । यशलाई शम्भुजितले बलिउडका नयाँ हिरो रणद्धीप हूडासंग दाँजेका छन् ।