Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिनेश डिसीद्धारा अचानक राजिनामा

फिल्मीखबर, काठमाण्डौ, 2013/02/24

गत पौष ६ गते कार्यसमिति  सदस्यबाट महासचिव पदको जिम्मेबारी पाएका निर्देशक दिनेश डिसीले अचानक राजिनामा दिएका छन् ।

 
गत शुक्रबार धुलिखेलमा आयोजना भएको  भारतीय निर्देशक अमोल पालेकरको वर्कसपमा आफूलाई कुनै  जानकारी नदिएको लगायतका विविध असन्तुष्टी जनाउदै डिसीले आज निर्देशक समाजमा आफ्नो राजिनामा पत्र पठाएका हुन । उनले आफैले डेब्यू गराएको हिरो गजित बिष्ट मार्फत समाजमा राजिनामा पत्र पठाएका हुन । 'ठूला गेष्टहरु आउदा महासचिवलाई माईनस गरेर लगिन्छ भने सो  पदमा रहिरहन जायद देखिन त्यसैले मैले राजिनामा दिएको हुँ ।'  डिसिले फिल्मीखबरसंग भनेका छन् । 
 
यध्यपी वर्कसपमा उनलाई जानकारी नभएपनि हिजो साँझ भारतीय दुतावासले आयोजना गरेको  डिनर पार्टीमा चाहि उनलाई ब्यक्तिगत रुपमै निम्तो थियो । उनी सहित राजेश हमाल, नीर शाह,राजेन्द्र  शलभ, अशोक शर्मा, कलाकारसंघका अध्यक्ष नवल खड्का, चलचित्र बिकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता  लगायतका करिब १२ जना फिल्मकर्मी सो पार्टीमा  सरिक थिए तर निर्देशक समाजका पदाधिकारी भने थिएनन् । 
 
 
४६ दिने आन्दोलनको क्रममा डिसीले सो आन्दोलनको प्रक्रियालाई हृदयदेखि स्वीकारेका थिएनन जुन समय देखि समाजका अन्य पदाधिकारी र उनीबीच दुरी बढेको थियो । डिसीलाई कात्तिक १ गते कार्यसमिति सदस्य बनाईदै समाजले पावर शो गरेको थियो तर आन्दोलनका क्रममा बढेको सो दुरी थप बढेपछि डिसीले आज अचानक राजिनामा दिदा समाजमा तनाव उत्पन्न भएको छ । यध्यपी समाजका अध्यक्ष विमल पौडेलले डिसीसंग एक पटक छलफल गरेर मात्र उनको   राजिनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने बिषयमाथि निर्णय गरिने प्रतिक्रिया दिएका छन् ।