Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(33 votes, avg 4.85/5.00)
Text size:-
+
-

मल्टिप्लेक्समा हिन्दी उतारेर छड्के

फिल्मीखबर, काठमाण्डौ, 2013/02/22

सधैं आरोप लाग्ने गरेको छ कि नेपाली फिल्ममा दर्शक नै आउँदैनन् र हिन्दी तथा अंग्रेजी फिल्मले मात्र दर्शक तानेको छ । तर राम्रो चर्चा हुने हो भने र दर्शकलाई आकर्षित गर्न सक्ने हो भने नेपाली फिल्म हेर्न पनि दर्शकको भिड लाग्छ भन्ने कुरालाई लुट र चपली हाईट पछि छड्केले पुन: प्रमाणित गरिदिएको छ ।

 

आजबाट प्रदर्शनमा आएको हिन्दी फिल्म जिला गाजियावादलाई नेपाली फिल्म छड्केले रिप्लेस गरिदिएको छ । बिहानको मर्निङ शोमा चावहिलको गोपीकृष्ण हलमा छड्के हेर्ने दर्शकको उपस्थिती अत्याधिक भएपछि हल सञ्चालकले जिला गाजियावादलाई हटाएर छड्केलाई शो दिएको छ । गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालले भने- 'हामीले कृष्णमा छड्के र गोपीमा जिला गाजियावादको शो राखेका थियौं तर छड्के हेर्ने दर्शक धेरै भए पछि जिला गाजियावादबाद उतारेर दुई वटै ठूलो पर्दामा छड्के चलाएका छौं ।'

 

'हुनत जिला गाजियावादलाई हामीले नै किनेर ल्याएका हौं तर नेपाली फिल्मको दर्शक घटाएर हामीले हिन्दी फिल्म लगाउन चाहेनौं,' दाहालले भने- 'दर्शकको संख्या कम भएमा ११ बजे पछि मात्र हिन्दी फिल्म लाग्नेछ ।' यता क्यू एक्फएक्स सिनेमाले पहिलो पटक नेपाली फिल्मलाई १८ शो दिएको छ । यस्तै चावहिलको केएल टावरमा अवस्थित एफक्यूब हलमा पनि हिन्दी भन्दा नेपाली फिल्मलाई बढि शो दिईएको छ । उक्त हलमा छड्केले ७ शो पाएको छ भने गाजियाबादले जम्मा तीन शो पाएको छ । कमलपोखरीको बिग मुभिजमा भने नेपाली भन्दा हिन्दी फिल्मको बढि शो राखिएको छ ।