Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्ड भन्दा शक्तिशाली बन्ने चलचित्र संघको रणनीति

फिल्मीखबर, काठमाण्डौ, 2013/02/22

चलचित्र बिकास बोर्डमा पोलटिकल अपोईटमेन्टहरु बढ्दै गएपछि चलचित्र संघले फिल्म क्षेत्रको सर्वाधिक शक्तिशाली संस्थाको रुपमा आफूलाई उभ्याउने रणनीति बनाएको छ । विशेषत पछिल्लो समय विरोधका बाबजुत धर्मेन्द्र मरवैता (पप्पु) बोर्ड अध्यक्षमा नियुक्त भएयता संघले आफू शक्तिशाली संस्थाको रुपमा उभिने नयाँ रणनीति बनाएको हो ।

 

श्रोत अनुसार कुनै समय एकै छाता मुनी रहेको निर्माता संघलाई आफ्नो नेतृत्व अन्र्तगत ल्याएर शक्ति बढाउने तयारी उसले गरेको हो । यध्यपी यो प्रयासमा केही प्रोड्यूसहरुबाट विरोध हुने आभाष पाएपछि संघ उच्च कोटीको  रणनीति बनाउदै निर्माता संघलाई आफू अन्र्तगत ल्याउन कसरतमा पनि छ । यहि १६ गते काठमाण्डौ देखि करिब २५ जना मिडिया पर्सनहरुलाई चितवन लगेर भब्यताका साथ ४१औँ साधारणसभा सम्पन्न गर्न लागेको तयारी पनि शक्तिशाली संस्थाको रुपमा आफूलाई चिनाउने रणनीतिको पहिलो स्टेप संघको रहेको बुझिएको छ ।  

 


फाल्गुन १६को साधारणसभाबाट संघले केही महत्वपूर्ण निर्णहरु गर्दैछ जसको लागि उसले गत माघ २६ गते जर्नलिष्टहरुसंगको साक्षात्कार कार्यक्रबाट निस्कएको एक कन्क्लुजनलाई   आफ्नो योजनाहरुमा समेटेको छ । यसैगरी हिजो बिहिबार पनि संघले १६ गते हुने साधारणसभाको तयारीका लागि निर्देशक समाजसँग साक्षात्कार गर्दै उनीहरुको बिचार समेटेको छ । साक्षात्कारमा किन फिल्म चलेनन् , फिल्म चलाउनका लागि के-के उपाय अहिलेको लागि आबश्यक रहेको भन्ने बिषय घण्टौ चल्यो ।

 

 

कहिलै गल्ती नस्विकार्ने संघले हिजोको साक्षात्कारबाट आफूहरुमा पनि कमजोरी रहेको स्वीकारेपछि निर्देशक समाजको मत पनि उसले आफूतर्फ तान्न सफल भएको देखिएको छ । साक्षात्कारमा बरिष्ठ निर्देशक तुलसी घिमिरे देखि लिएर नयाँ पुस्ताबाट निश्चल बस्नेतको सहभागिता थियो । यस्तै संघले शक्तिशाली बन्ने प्रयास अनुरुप भोली शनिबार कलाकारहरुसंग अहिलेको विकाराल अवस्थाको बारेमा छलफल गर्ने तयारी गरेको छ भने सोमबार निर्माताहरुसंग ।