Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

भाइब्समा वर्कआउट विथ रेश

फिल्मीखबर, काठमाण्डौ, 2013/02/21

हरेक महिना बजारमा आउने भाइब्स म्याग्जिनले रेश मरहठ्ठालाई फिटनेश ईन्ष्ट्रक्टरको रुपमा अनुबन्ध गरेको छ । दुई पेज कोलममा रेशले आउँदो मार्चको अंकबाट आफ्ना फ्यानहरुलाई एक बर्षसम्म फिटनेशका विभिन्न तरिका सिकाउने छन् ।

 

भाइब्सकी चिफ एडिटर डाली खनालका अनुसार पेपर रियालीटी शोको कन्सेप्ट अनुसार रेशलाई फिटनेश ईन्ष्ट्रक्टरको रुपमा अनुबन्ध गरिएको हो । रेशलाई नै किन अनुबन्ध गरियो भन्ने प्रश्नमा डालीले भनेकी छिन्- 'नेपाली फिल्म ईन्डष्ट्रीमा उहाँ जति फिट एक्टर हामीले देखेनौं त्यसकारण यो सेग्मेन्टका लागि  उहाँसंग एक बर्षे कन्ट्रयाक्ट गरिएको हो  ।' फिटनेस सेग्मेन्ट अन्र्तगत रेशले आफूले सिकेका सवै ज्ञान रिर्डसहरुलाई  सेयर गर्ने छन जहाँ प्रश्न उत्तर पनि रहने बताईएको छ ।


आर्कषक फिल्मी सेलेब्जहरुको नाम आउँदा नछुट्ने रेश कोरियन मार्सल आर्ट मोलिम्दोका ब्ल्याक बेल्ट पनि  हुन् । उनले अमेरिकाको युटा स्थित एक कलेजमा चार बर्ष सम्म फिटनेश ट्रेनर भएर काम पनि गरेका थिए । जुन अनुभवलाई रिर्डस मार्फत सेयर गर्न पाउने अबसर पाएकोमा रेश दङ्ग छन् । तीन बर्षदेखि ल्याबमा अड्किएको होम प्रोडक्सनको फिल्म च्यालेन्ज पोष्टप्रोडक्सनको फाईनल स्टेजमा रहेका रेशको सो फिल्म सहित मेरो बेष्ट फ्रेन्ड, मिसन पैसा रिलोडेड र ईलाभेन्थ स्ट्रिट जस्ता मेघा बजेटका फिल्महरु रिलिजको तयारीमा  छन् ।


पछिल्लो केही महिना देखि कुनै पनि फिल्म साईन नगरेका उनीसंग फिल्मीखबरले सोधेको थियो- 'तपाई अहिले खाली रहनुको कारण के होला ?' जवाफमा उनले भने- 'यहि च्यालेन्ज फाईनल नभएर हो । सम्भवत रोज राणा जीको नयाँ फिल्म साईन गर्दैछु साथै नयाँ प्रोड्यूसर गगन थापाको ग्याङस्टार मुभी र बाबु बलामी जीले पनि अफर गरिहनु भएकाले ती  फिल्महरुमा अनुबन्ध भएको पनि  तपाईले चाडै थाहा पाउनु हुनेछ ।'