Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हिजो आमा गुमाएकी नीताले आजैबाट सुटिङ्ग जोईन गरिन

फिल्मीखबर, काठमाण्डौ, 2013/02/20

हिजो आफ्नी आमा गुमाएकी हिरोइन नीता ढुङ्गानाले आजबाटै सुटिङ्ग जोईन गर्दा सवैलाई अचम्ममा पारिदिएकी छिन् । 

 
गृहनगर हेटौडामा दबाब फिल्मको सुटिङ्ग चलिरहेका बेला  उनले किन सुटिङ्ग जोईन गरिन त्यो रहस्यको बिषय छ तर उनले आफ्नो स्वः ईच्छाले सुटिङ्ग जोईन गरेको फिल्मीखबरलाई प्रतिक्रिया दिएकी छिन् । 
 
उनले भनिन 'जे हुनु थियो भईगयो त्यसैले शोकमा डुबेर म आफूलाई थप चिन्तित बनाउन चाहान्न फेरी अर्को कुरा मेरो मम्मीको सिद्धान्त पनि यस्ता कुराहरुमा नअल्झिनु थियो त्यसैले मैले काम सुरु गरेकी हुँ ।'  उनी विना नुन फलफुलको साहारमा मात्र बिहानै देखि सुटिङ्गमा ब्यस्त छिन् ।
 
नीताले त्यस्तो प्रतिक्रिया दिएपनि फिल्म नगरिमा प्रोडक्सन टिमको दबाबमा उनी  सुटिङ्ग जोईन गर्न बाध्य भएको भन्ने बहस छ । विवादमा पर्न नचाहदै  एक  फिल्मकर्मी यो बिषयमा भन्छन्  'यस्तो बेलामा पनि  नीताले काम गर्नु पक्कै उनलाई दबाब दिईएको  हो  ।' 
 
तर यता   प्रोड्यूसर भानु महर्जनले यस्ता हल्ला वाईयात रहेको तर्क गरेका  छन् । 'नीताजीकै आग्रहमा हामीले उहाँको सुटिङ्ग सुरु गरेका हौ  त्यसैले यी सव कुरा गलत र वाईयात  हुन ।'  दयाराम दाहालको निर्देशन रहेको दबाब फिल्मको ४५ प्रतिशत सुटिङ्ग  सकिईसकेको भानुको भनाई छ । सुटिङ्ग थप १२ दिन जति हेटौडाकै विभिन्न लोकेशनमा हुने उनले जानकारी दिएका छन् । फिल्ममा नीताको अपोजिट आर्यन सिग्देल छन् । 
 
धार्मिक मन्यतालाई हेर्ने हो भने आमाको निधन हुदा  छोरीहरुले पाँच दिन सम्म नुन बार्नुपर्ने हुन्छ । तर अन्य कामकाजका लागि भने छोराहरुको हकमा जस्तो प्रतिबन्ध  छोरीहरुमा हुन्न तसर्थ यस्तो समयमा काम सुरु गर्दा केही फरक नपर्ने पण्डित लक्ष्मी प्रसाद पराजुलीको तर्क छ ।