Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संसारकै प्रिय ब्यक्ति गुमाईन् नीताले

फिल्मीखबर, काठमाण्डौ, 2013/02/19

हिरोईन नीता ढुङ्गानाले संसारकै सवैभन्दा प्रिय ब्यक्तिलाई आज गुमाएकी छिन् । उनले आफ्नी पुजनीय आमालाई अल्प आयुमै गुमाएकी हुन् । लामो समय देखि दम रोगी उनकी आमा मिना कुमारीको ५३ बर्षको उमेरमा निधन भएपछि उनी आज शोकको घडीमा पुगेकी हुन् ।


गृहनगर हेटौडाको विभिन्न लोकेशनमा आर्यन सिग्देलको अपोजिटमा दबाब फिल्ममा ब्यस्त रहेकी उनी अब करिब १५ दिन सो फिल्मको सुटिङ सेटबाट टाढा रहने निश्चित छ । एक दाई मलेसियामा रहेकाले उनका भाई अहिले काज क्रियामा उत्रिएका छन् । संसार चिनाउने आफ्नी आमा गुमाएकी नीतालाई यो शोकको घडीमा धैर्यधारण गर्ने क्षमता ईश्वरले प्रदान गरुन् भन्ने फिल्मी खबर कामना गर्दछ ।