Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सत्र दिन भयो पप्पुले बोलेको कुरा खै ?

फिल्मीखबर, काठमाण्डौ, 2013/02/19

विवादका बाबजुत चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा बहाली भएका धर्मेन्द्र मरवैता (पप्पु) ले बोलेका कुरा पुरा नगर्दा उनको प्रतिबद्धता प्रति प्रश्न उठेको छ । गत माघ २१ गते औपचारिक रुपमा पद बहाली गरेपछि उनले हरेक हप्ता पत्रकार सम्मेलन गरी बोर्डमा हुने हरेक गतिविधिको जानकारी गराउने प्रतिबद्धता जनाएका थिए तर आज १७ दिन भईसक्दा पनि  उनले पत्रकार सम्मेलनको बिषयमा कुनै चासो देखाएका छैनन् ।


सर्वप्रथम त पत्रकार सम्मेलनका लागि बोर्डको उपलब्धि वा अन्य गतिविधि आवश्यक रहन्छ तर त्यो कुरा नबुझिकनै पप्पुले लिखित भाषणमा हरेक हप्ता पत्रकार सम्मेलन गर्छु भनेको तर्क त्यतिखेरै हाँसोको  बिषय बनेको थियो । भला उनी आईकन बिकास बोर्ड अन्र्तगत रहेको चलचित्रकर्मी कल्याण कोषलाई सरकारले ५० लाख रूपैयाँ दिएको छ । तर त्यो पचास लाख निकासाको जस उनलाई दिईने आधार शत प्रतिशत नरहेको बुझिएको छ ।

 

६ महिना अघि अशोक शर्माको नेतृत्वमा भएको काठमाण्डू सरसफाई आयोजनाको समयमा प्रधानमन्त्री बाबुराम भट्टराईले बालुवाटार भेटघाटमा आएका फिल्मकर्मीहरुलाई १ करोड रूपैयाँ दिने प्रतिबद्धता जनाए थिए जुन प्रतिबद्धता अनुरुप बजेट सिमित भएको भन्दै ५० लाख भएपनि निकासा गरौ भन्दै गत शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकबाट सो रकम भट्टराईले पास गराएको बुझिएको छ । तर पप्पुले पत्रकार सम्मेलन र ५० लाख निकासाको बिषयमा अर्कै तर्क दिएका छन् ।  


'अरु मिडियाहरुमा यो ५० लाख गणेश भण्डारी ज्यूको पालामा भएको पहल अनुरुप निकासा भएको भन्ने छ तर त्यो कुरामा के सत्य हो भने मैले छुट्टै रुपमा पैसा निकासा होस् भनेर सञ्चार मन्त्रालय हुँदै क्याविनेटमा प्रस्ताव पुर्‍याएको हो र सोही अनुरुप हिजो कुरा र मैले गरेको अग्रह मेल खाँदा सरकारले सो पैसा दिएको हो । त्यसैले यसलाई कसरी लिने हो बुझेर हेर्नुस्,' पप्पुले प्रतिक्रिया दिएका छन् ।

 

यस्तै उनले हरेक हप्ता गर्ने भनिएको पत्रकार सम्मेलन हेरफेर भएका सदस्य सचिव काठमाण्डू बाहिर भएकाले निर्णयहरु पास हुन नसकेकाले पत्रकार सम्मेलन गर्न नसकेको तर्क गरेका छन् । बोर्डमा अहिले नयाँ सदस्य सचिवको रुपमा  गुरु प्रसाद सुवेदी नियुक्त भएका छन् जो काठमाण्डू बाहिर रहेकाले बोर्डबाट हुने विभिन्न निर्णय अड्किएको पप्पु बताउछन् ।