एक हजार रुपैयाँ ब्यक्ति अनुसार कति महत्वको पैसा हो त्यो ब्यक्तिमा नै भर पर्छ । तर त्यो पैसाले एउटा अत्यन्त ठूलो सम्बन्ध बनाएको छ गायक राजेश पायल राई र फाईट मास्टर राजेन्द्र खड्गी बीच ।
नथिङ्ग ईम्पोसिवलबाट डाईरेक्सनमा डेब्यू गरेका खड्गीले आफ्नो फिल्ममा राईलाई एक गीत गाउन आग्रह गरे र सो आग्रह अनुरुपले राईले पनि गीत गाए । जव गीतको रेकर्डिङ सकियो तव पारिश्रमिक लिने बेलामा हजार रुपैयाँको नोटले यी दुईको सम्बन्धमा एक सय असी डिग्रीको नयाँ कोण बनाएर नयाँ सम्बन्ध स्थापना गरेको छ ।

"कति पैसा दिऊ उहाँले भन्नुभयो मैले जति दिनु हुन्छ त्यति नै लिन्छु भनिदिएँ । त्यसपछि दाईले हजार रुपैयाँको नोट झिकेर दिनु र भन्नुभयो 'भोलि तिमीले पनि फिल्म बनाउछौ त्यसैले त्यो फिल्ममा मैले काम गर्दा पनि तिमीले मलाई यति नै दिनु', दाईले त्यसो भनेपछि म एकदम प्रभावित भएँ," खड्गीको कुटनीतिक चालबाट प्रभावित भएपछि राईले फिल्मीखबरसंगको भेटमा भने ।
यता खड्गीले पनि यो सम्बन्ध पैसा भन्दा आत्मियताको रहेको भन्दै एक अर्काको फिल्ममा काम गर्दा खालि हात नपार्ने भन्दै यसो गरिएको बताए । खड्गीले एउटा फिल्ममा काम गरे बापत दुई देखि तीन लाख रुपैयाँको हाराहारीमा लिने गरेका छन् भने राईले एउटा फिल्ममा एक गीत गाए वापत १५ देखि २० हजारको बीचमा लिन्छन् । हजार रुपैयाँको यो गेम सुरु भएदेखि यी दुईको सम्बन्ध थप नजिकिएको छ जुन दृश्य रङ फिल्मको प्रेस शोमा देखिएको थियो ।

