Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कहाँ कहाँ बज्दै छ त नौ ?

फिल्मीखबर, काठमाण्डौ, 2013/02/19

केहि साता अगाडी कतारको दोहा हलमा रिलिज भएको नेपाली फिल्म 'नाईन ओक्लक' लाई लण्डन, हङकङ र मलेशिया सहित नेपालमा रिलिज गर्ने तयारी गरिएको छ ।

 

फिल्म निर्माण युनिटले दिएको जानकारी अनुसार यहि आउँदो मार्च १५, १६ र १७ तारिखका दिन लण्डनमा प्रदर्शन गरिने यो फिल्म मार्च महिनाकै २४ तारिखमा हङकङमा पनि रिलिज गरिंदै छ । यस्तै रिलिज डेट फिक्स नभएपनि मलेशियामा पनि छिट्टै नै यो फिल्म रिलिज हुने बताईएको छ । यता नेपालमा भने चैत्र १६ गते रिलिज हुने भएको छ ।

 

सुटिङ पूर्व फिल्मको स्क्रिप्ट नै भल्गर भएको भन्दै विकास वोर्डको स्क्रिप्ट छानविन समितीले पास नगरेको यो फिल्ममा सुमिना घिमिरे मुख्य भुमिकामा छिन् । कथा सस्पेन्समै रहेको यो फिल्ममा सुमिनाले रातको नौ बजे के गर्छिन् त ? खुल्दुलीको बिषय बनेको छ । आर्यन फिल्म्सको व्यानरा रमेश संवेदनाले निर्माण गरेको यो फिल्ममा ध्रुब दत्त पनि मुख्य भुमिकामा छन् ।

 

प्रकाश पुरीको कथामा बाबुराम ढकालले निर्देशन गरेको यो फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् । फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन् भने ब्याकग्राउण्ड म्युजिक मोहित मुनाल र करियोग्राफी कविराज गहतराज र पूर्नम राईको रहेको छ ।