Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नबनायिकाले शुरु गरिन् बिजनेश

श्यामसुन्दर गिरी, चितवन, 2013/02/18

करिब ४ बर्ष अगाडी रजतपटमा प्रबेश गरेकी चितवनकी २३ बर्षिय नबनायिका आरजु अधिकारीले फिल्म सगैं आफ्नो नयाँ बिजनेश पनि शुरु गरेकी छिन् । उनले चितवनमा फयाट् गाडीको शोरुम संचालन गरेकी छिन् भने काठमाण्डौमा पनि उनको गाडीको शोरुम रहेको छ ।

 


 
'पैसा कमाउनका लागि मैले फिल्म खेलेकी होइन, मेरो नायिका बन्ने रुचि थियो र मात्र फिल्म खेलेकी हुँ र आगामी दिनहरुमा आफ्नै होम प्रोडक्शनका फिल्म खेल्छु,' शोरुम उदघाटनका दिन चितवनमा भेट हुँदा उनले यस्तो बताइन् । पहिलो फिल्म दब्दबापछि अहिले आफ्नै होम प्रोडक्शनको फिल्म राइट च्वाइस् र बिजनेश प्रोमोशनकै काममा व्यस्त रहेकी नायिका अधिकारीलाई फिल्म र बिजनेशलाई कसरी सँगैं अगाडी बढाउनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्- 'फिल्म एउटा पाटो हो भने बिजनेश अर्को पाटो हो, तर बिजनेशमा लागेकी छु भन्दैमा फिल्म क्षेत्रनै छोडछु भन्ने पनि होइन ।'

 



दिपेन केसीको लगानीमा उनको होम प्रोडक्शन डाइनाष्टी फिल्मस्को पहिलो प्रस्तुती राइट च्वाइसको करिब ९० प्रतिशत काम सकिएको छ । उक्त फिल्ममा अधिकारीसँगैं बिशाल पोखरेल र बिनय भट्टको मुख्य अभिनय रहेको छ । सो फिल्मलाई बि.बि फुयाँलले निर्देशन गरेका हुन् । शुरेस चौधरीको कथा, पटकथा र सबांद, शंकर अधिकारी घायलको संगीत रहेको उक्त फिल्मलाई हरिनारायण चौधरीले खिचेका छन् । करिब आधा दर्जन म्युजिक भिडियो खेले पनि उनको पहिलो फिल्म दब्दबा प्रर्दशनको तयारीमा छ ।