नेपाली फिल्म उधोग भित्रको सकारात्मक तथा नकारात्मक कुरालाई लिएर निर्माण गरिएको फिल्म 'प्रोड्यूसर'का प्रोटागोनिस्टहरूलाई पोस्टर मार्फत सार्वजनिक गराईएको छ ।
सञ्चारमाध्यमा लामो समयको अनुभव पश्चात फिल्म निर्देशनमा हात हालेका जनकदीप पराजुली निर्देशित यो फिल्ममा बाबु बोगटी, श्याम अर्याल, विल्सन विक्रम राई, स्वेता भट्टराई, पायल रायमाझी र श्याम राईको मुख्य भुमिका रहेको छ । फिल्ममा बाबु बोगटी प्रोड्यूसरको भुमिकामा छन् भने श्याम अर्याल फिल्म भित्रको नायकको रूपमा प्रस्तुत भएका छन् । यस्तै तक्मे बुढाले परिचित विल्सन विक्रम राई प्रोडक्सन म्यानेजरको भुमिकामा छन् ।
राजकुमार राई, केशब अधिकारी र ज्योतीराज राईको निर्माण गरेको यो फिल्ममा संगीत राहुल प्रधान, किरण माईकल र सुरेश राई, कथा किरण माईकल, छायाँकन सागर प्रधान, द्धन्दनिर्देशन रोशन श्रेष्ठ, करियोग्राफी साईमन राजबंशीको रहेको छ । फिल्मलाई नयाँ बर्ष अर्थात बैशाख महिनामा रिलिज गर्ने तयारी निर्माण युनिटले गरेको छ ।






.jpg)


