Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजधानीमा मानवअधिकार अर्न्तराष्ट्रिय फिल्म महोत्सव हुँदै

फिल्मीखबर, काठमाण्डौ, 2013/02/18

लोकतन्त्र, जनजीविका तथा मानवाधिकारका विषयमा केन्द्रित रहेर यही २०६९ फागुन १० देखि १३ गते ९ सम्म राजधानीमा तेश्रो नेपाल मानवअधिकार अर्न्तराष्ट्रिय फिल्म महोत्सव हुने भएको छ ।
 


राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायको आतिथ्यतामा नेपाल पर्यटन बोर्ड र भृकुटीमण्डपमा शुरु हुने महोत्सवको उदघाटन शत्रमा विहान ११ बजे सन् २०१२ को ओस्कार विजेता वृत्तचित्र “सेभिङ फेस” को प्रदर्शनी हुनेछ । चार दिनसम्म आयोजना हुने महोत्सवमा नेपाल लगायत वर्तमान सन्दर्भको राष्ट्रिय र अर्न्तराष्ट्रिय मानव अधिकार, शान्ति र सामाजिक विषयमा निर्माण भएका अमेरिका, इजरायल, इजिप्ट, नर्वे, बंगलादेश, पाकिस्तान, जापान, भारत र नेपालका फिल्महरुको प्रदर्शन गरिनेछ ।


मानव अधिकारको अवस्था खस्किदै जानु, महिला तथा पिछडिएका समुदायहरुमाथिको अधिकार कुण्ठित हुने क्रम नरोकिनु र राजनीतिक अस्थिरताले निम्त्याउने सामाजिक संकटले व्यक्तिले स्वतन्त्र भई जीवनयापन गर्न नसक्नु जस्तो अवस्थामा हुन गइरहेको यो महोत्सव सामाजिक सद्भाव तथा मानव अधिकारको रक्षाको दिशामा नेपाली समाजको सकारात्मक परिवर्तनका लागि सहयोगी हुने आयोजकले बिश्वास लिएको छ ।


महिलाहरुमाथि हुने हिंसा र खास गरी अनुहारमा नै एसिड छ्याप्ने जस्ता जघन्य अपराधमा केन्द्रित ओस्कार विजेता पाकिस्तानी फिल्म "सेभिङ फेस"को प्रदर्शनसँगै महोत्सवको उद्घाटन भएपछि पछिल्लो समयमा मिडिया क्षेत्रमा बढ्दै गइरहेको व्यापारीकण तथा यसले निम्त्याएको स्वतन्त्र समाचारको संकटमाथि भारतीय निर्देशक उमेश अग्रवालको ५५ मिनेट लामो "ब्रोकरिङ न्यूज– मिडिया, मनि एण्ड मिडल मेन",  दलित समुदायले भोग्नुपरेको पीडामाथि तयार भएको "दलन"को प्रदर्शन हुनेछ ।


यसैगरी महोत्सवमा नेपालका तर्फबाट सिन्धुपाल्चोक जिल्लाका स्थानीय वासिन्दाहरुले आफ्नै कथामा आफैले मुख्य चरित्र भूमिका निर्वाह गरेको "दियाली" प्रस्तुत गरिने छ । यो फिल्म हालै मात्रै दुईवटा अर्न्तराष्ट्रिय महोत्सवमा प्रदर्शित भइसकेको छ । यस अतिरिक्त इजराइली निर्देशकले निर्देशन गरेको डेढ घण्टा लामो फिल्म "जेइ ओनी", भारतमा प्रतिबिन्धत गरिएको र पछि अदालतको आदेशबाट प्रदर्शनमा आएको "द डेड सी", नर्वेको "साइलेन्ट भ्वाईस", बंग्लादेशको "अ नेशन काल्ड बांग्ला", अमर बमको जीवन रक्षाका लागि निर्माण गरिएको नेपाली फिल्म "सेभ मी माई लर्ड", जापानी फिल्म "इन द ग्रे जोन", इजिप्टको "तहरीर", अमेरिकी निर्देशक गेल मुनेको "अपनिङ आवर आइज " महोत्सवका थप आकर्षण हुनेछन् ।