बहुप्रतिक्षित फिल्म 'छड्के'लाई सेन्सर बोर्डले एडल्ट (ए) सर्टिफिकेट दिएपछि निर्माण युनिटले आपत्ति जनाएको छ । फिल्मका निर्माता माधव वाग्लेले फिल्मिखबर संगको कुराकानीमा भने –' केहि संबाद काटेर पनि 'ए' सर्टिफिकेट दिदा हाम्रो चित्त दुखेको छ।'
यस्तै माधवले पिजी सर्टिफिकेट पाउने आश गरेको पनि बताए । 'पिजी दिएको भए हाम्रो लक्षित दर्शकले हेर्न पाउने थिए तर अब एडल्ट दर्शकहरु छड्के हेर्नबाट बन्चित हुँदा नरमाइलो लागेको छ' माधवले भने । हल लन्ठू पात्रले बोल्ने शब्द अलि छाडा नै हुने भएकाले ति छाडा शब्द्लाई पनि सेन्सर ख्याल गरेर शब्द चएन गर्दा पनि सेन्सर बोर्डले आपत्ति जनाएको उनको भनाई छ ।
यहि फाल्गुन ११ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म छड्केलाई निगम श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन। प्रिन्सेस मुभिज र रस ताण्डबको संयुक्त ब्यानरमा माधव वाग्ले तथा नरेन्द्र महर्जनले निर्माण गरेको यो फिल्ममा सौगात मल्ल, दयाह्याङ राई, नम्रता श्रेष्ठ, अर्पण थापा, रविन तामाङ सहितका अन्य थुप्रै नयाँ अनुहारहरुले अभिनय गरेका छन् ।

