Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्ती छिन् ओम प्रतीककी छोरी

फिल्मीखबर, काठमाण्डौ, 2013/02/18

दश बर्षअघि तिम्रो माया उनान्न सय  मेरो माया सय मा अभिनय गर्ने बाल कलाकार रूमी गुरुङ अब जवान भईसकेकी छिन् । निर्देशक एवं कलाकार ओम प्रतीककी छोरी रूमी अहिले २० बर्षकी भएकी छिन् जसलाई हिराईनको रुपमा  डेब्यू गर्ने  तयारी पनि  भईरहेको छ ।

 

'उनी मेरी छोरी हुन्,' अभिनेत्री दीपाश्री निरौला, फाईट माष्टर राजेन्द्र खड्गी, हिरो रमेश उप्रेती लगायतका सेलिब्रेटीलाई परिचय गराउदै निर्देशक ओम प्रतीक  प्रशंशाको शब्द बटुलिरहेका थिए । रमेशले परिचयको क्रममा आफ्नै फिल्म (तिम्रो माया उनान्न सय मेरो माया सय)मा खेलेकी यी कलाकारलाई देख्दा तीन छक्कनै  परे । प्रतीक  आज बिहान कमलपोखरी स्थित कुमारी हलमा आयोजना गरिउको रङ फिल्मको प्रेस शोमा छोरी सहित उपस्थित थिए । हल प्रवेशको समयमा उनी छोरीका साथ आउदा सुरुमा धेरैले उनी प्रति अनर्थ लगाएका थिए पछि छोरी रहेको थाहा पाउदा यी बाबु छोरी आकर्षणको केन्द्र बनेका थिए  । 

 
 
भृकुटीमण्डप स्थित आर.आर (नेपाल मानविकी क्याम्पस)मा मेजर ईङग्लीश लिएर ब्याचलर्स फष्ट ईयरमा अध्ययनरत  रूमी एयर होस्टेस पनि हुन् । यध्यपी उनी कार्यरत कम्पनी बीबी एयरवेज अहिले सञ्चालमा छैन । 'उनलाई भरसक होम प्रोडक्सनबाटै लन्च गर्ने बिचार छ, उनी अभिनयमा निकै पोख्त छिन् र स्क्रिप्टको नलेज पनि उनीमा धेरै छ,' प्रतीकले एक मात्र आफ्नी छोरीको ईन्टेष्ट्रलाई फिल्मीखबर समक्ष खुलाए । 
 
गत शुक्रबार देखि मैना र मानवसंगै रिलिज भएको रङमा प्रतिक नेगेटिभ रोलमा छन् । यो फिल्म अन्य दुई फिल्मको कलेक्सनको दाजोमा  केही राम्रो रहेको बुझिएको छ यध्यपी यो विजनेश सकरात्मक चाहि हैन । रोशन हमाल निर्देशित रङ राजधानीका ९ र मोफसलका ४१ वटा थिएटरमा रिलिज भएको छ । प्रेस शोमा केही चर्चित तर सिमित फिल्मकर्मीहरुको मात्र उपस्थिती थियो ।