Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एघार बर्षमा बल्ल आयो नरेशको पालो

फिल्मीखबर, काठमाण्डौ, 2013/02/17

ईन्टरटेन्मेन्ट क्षेत्रका चर्चित जर्नलिष्ट नरेश भट्टराईले फिल्ममा गित लेख्न सुरु गरेको एघार बर्ष भईसक्यो । 

 
यो एघार बर्षको अवधिमा उनले पचाँस वटा फिल्ममा ६० वढी गित लेखिसेके तर उनी अवार्डको हिस्सेदार त पर जाओस टप फाईभ नोमिनेशनमा समेत कहिलै परेनन ।  उनले लेखेका चार वटा गितबाट चार  श्रष्टा सम्मानित भए पनि  गितकारको हैसियतमा चाहि उनले त्यो अबसर यो ११ बर्षको अवधिमा कहिलै पाएनन । 
 
तर अन्तत उनले गितकारको हैसियतमा टप फाईभ नोमिनेशन लिष्टमा आफ्नो नाम रजिष्टर  गर्न सफल भएका छन् । आउदो चैत्र २५ गते म्यूजिक खबर डटकमले गर्न लागेको  म्यूजिक खबर अवार्डका लागि उनी फिल्म क्षेत्रको गित लेखन तर्फ टप फाईभ भित्र परेका हुन । 'मैले लेखेको गितबाट संगीतकार र गायक-गायिका नोमिनेशनमा पर्दै अवार्ड पनि जितेका छन् तर आज चाहि म मात्र नोमिनेशनमा परेको छु ।' म्यूजिक खबर अवार्डको टप फाईभ नोमिनिजको लिष्ट सार्वजनिक भए पश्चात  नरेशले फिल्मीखबरसंगको कुराकानीमा भने । 
 
 
उनी धुवा यो नशा फिल्मको बाध न बाध बोलको गितबाट उत्कृष्ट पाँच मनोनयन भित्र परेका हुन । यो गित पछिल्लो समय सर्वाधिक रुचाईएको फिल्मी गितहरुको लिष्टमा परेको थियो यध्यपी सो फिल्मले बिजनेश भने राम्रो गर्न सकेन । नरेश सहित यो लिष्टमा सुरेश अधिकारी कुन दिनमा बाधेछु यो घुङरु (मायाज बार)  दयाराम पाण्डे तिमिसंग रिसाएर (मेरो जीवनसाथी) अमृत रेग्मी बाटो मोडेर गयौ(विन्दास ) र शिव रेग्मी ए फुल (फुल) फिल्मबाट परेका छन् ।