गत बर्ष देखि सुरु गरिएको म्यूजिक खबर म्यूजिक अवार्डको दोस्रो संस्करणमा मायाज बारका गित संगीत अग्र स्थानमा परेका छन् । दिनेश डिसी निर्देशित उक्त फिल्मबाट गीतकार, संगीतकार, पाश्र्व गायक र गायिका गरी चार विद्यामा मायाज बार उत्कृष्ट पाँच मनोनयनको अग्रपक्तिमा परेको हो । कुल अठ्ठाईस विद्या मध्ये चार विद्या फिल्मको लागि छुट्टाईएको छ । जहाँ ३–३ विद्यामा विन्दास र मालतीको भट्टीका गित संगीत परेका छन् । सम्झीराख है, फुल, धुँवा यो नशा, मेरो जीवन साथीका गीतसंगीत पनि उत्कृष्ट पाँच मनोनयन भित्र परेका छन् ।
बर्षभरि बजारमा आएका उत्कृष्ट पप, लोक तथा आधुनिक सहित फिल्म क्षेत्रका गीतसंगीतलाई सम्मान गर्ने उद्देश्यका साथ सुरु गरिएको यो अवार्ड कार्यक्रम आउदो चैत्र २५ गते सम्पन्न गर्ने आज आयोजित प्रेस मिटमा जानकारी दिईएको छ ।
.jpg)
वेव म्याग्जिन म्यूजिक खबर डट कमको आयोजनामा हुदै आएको यो अवार्ड विगतको बर्ष भन्दा भब्य तरिकाले सम्पन्न गर्ने कार्यक्रम अध्यक्ष सुमन बैरागीले दावी गरेका छन् । फिल्मबाट परेका चार विद्याका उत्कृष्ट पाँच मनोनयन यस प्रकार छ ।
१) सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
शिव परियार बाटो मोडेर गयौ (विन्दास) MKA056
राजेशपायल राई सरसर (मायाज बार) MKA057
सनुप पौडल नयाँ नौलो (मालतीको भट्टी) MKA058
दिपक लिम्बु मलाई माया गरन (फूल) MKA059
स्वरुपराज आचार्य फूलले घेर्छु (सम्झिराख है) MKA060
२) सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
दुर्गा खरेल रिमझिम रिमझिम (विन्दास) MKA061
दुर्गा परियार कुन दिनमा (मायाज बार) MKA062
अन्जु पन्त आँधिखोला उर्लिएर (सम्झिराख है) MKA063
प्रविशा अधिकारी पलपलमा (फूल) MKA064
सुमन गुरुड नयाँ नौलो (मालतीको भट्टी) MKA065
३)सर्वोत्कृष्ट चलचित्र गीतकार
नरेश भट्टराई बाँध न बाँध (धुवाँ यो नशा) MKA066
सुरेश अधिकारी कुन दिनमा (मायाज बार) MKA067
दयाराम पाण्डे तिमीसँग रिसाए(मेरो जीवनसाथी) MKA068
अमृत रेग्मी बाटो मोडेर गयौ (विन्दास) MKA069
शिव रेग्मी ए फूल (फूल) MKA070
४)सर्वोत्कृष्ट चलचित्र संगीतकार
सुरेश अधिकारी मायाज बार MKA071
दीपक शर्मा सम्झिराख है MKA072
अर्जुन पोखरेल विन्दास MKA073
कालिप्रसाद बास्कोटा मालतीको भट्टी MKA074
रेखा पौडेल फूल MKA075
.jpg)
.jpg)

