Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्रिकेट खेलाडीसँग छड्के

फिल्मीखबर, काठमाण्डौ, 2013/02/17

फिल्मको प्रचार प्रसारलाई अगाडी बढाउँदै छड्के टिमले राष्ट्रिय क्रिकेट खेलाडी टिमसँग आफ्नो अनुभव साटेको छ । शनिबार किर्तिपुर क्रिकेट मैदानमा हाकु कालेको नामले परिचित छड्केका मुख्य पात्र सौगात मल्लले सुटिङ हुँद देखि अहिले सम्मको आफ्नो तितामिठा अनुभव क्रिकेट खेलाडीलाई सुनाए ।

 

 

छड्के फिल्मको अन्य केहि कलाकार तथा प्राबिधिकको समेत उपस्थिती रहेको सो भेटघाटमा क्रिकेट खेलाडीहरूले पनि फिल्मको बारेमा जानेबुझेको अनुभव साटेका थिए । कलाकार र खेलाडी दुबै राष्ट्रका गहना भएकाले एकले अर्कालाई सहयोग गरेर अगाडी बढ्नु पर्ने भन्दै यस किसिमको भेटघाटको आयोजना गरेको पब्लिसिटी डिजाईनर सनबी डिजाईन स्टुडियोले जानकारी गरायो । उक्त भेटघाट कार्यक्रममा हाकु कालेले क्रिकेट खेलाडीहरूलाई छड्के नाम अंकित टिसर्ट मायाको चिनोको रूपमा प्रदान गरेका थिए ।

 

 

यस्तै छड्के टिमले केहि दिन अगाडी मात्र मध्य बानेश्वरमा अवस्थित एपेक्स कलेजले आयोजना गरेको रक्तदान कार्यक्रमम उपस्थित भएर रक्त दान गरेको थियो । उक्त रक्तदान कार्यक्रममा सौगात मल्ल, निर्देशक निगम श्रेष्ठ, निर्माता माधव वाग्ले लगायतको टिम उपस्थित थियो । यो फिल्म आउँदो शुक्रबार सार्वजनिक हुँदैछ ।