नेपालमा महिला अधिकारको अवस्था नाजुक रहेको अवस्थालाई ध्यानमा राखेर एमनेस्टी इन्टरनेश्नल नेपालले शुक्रबार पोखरामा युवाहरूको एक भेलाको आयोजना गरी महिला अधिकारको बिषयमा अर्न्तक्रियाको आयोजना गर्यो ।
महिला अधिकारको लागि ल्याईएको 'मेरो शरिर मेरो अधिकार' बिषयक कार्यक्रमको उदघाटन नायिका केकी अधिकारीले गरिन् । नेपालभरीको युवा बिधार्थीहरूको भेला रहेको उक्त कार्यक्रममा नेपाली फिल्म उधोगबाट युवा कलाकारको प्रतिनिधित्व केकीले गरेकी हुन् । कार्यक्रममा सहभागी भएकी केकीले 'मानव अधिकार, कलाकारित र युवावर्गको भुमिका' को बिषयमा आफ्नो धारणा राखेकी थिईन् ।
यस्तै केकीले उक्त भेलामा उपस्थित भएका युवाहरूले 'मानव अधिकार, कलाकारित र युवावर्गको भुमिका' को बिषयमा बिभिन्न प्रश्न गर्दा उनले सहज तरिकाले उत्तर दिएकी थिईन् । 'यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लाग्यो,' केकीले भनिन्- 'सेक्सुअल एण्ड रिप्रोडक्टिभ राईट महिलामा नै स्वाधिन हुनुपर्छ भन्ने सोच राखेर ल्याईएको यो कार्यक्रमबाट मैले धेरै कुरा सिक्ने मौका पनि पाएँ ।'
हामीले आफ्नो अधिकारको बारेमा मात्र सोच्ने गर्छौं अर्काको अधिकारलाई बुझ्न सक्दैनौं भन्ने कुरालाई बुझ्ने मौका पाएको केकीले बताईन् । यस किसिमको कार्यक्रम बिश्वभर एकसाथ हुने गर्दछ ।






