Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नसोधी फिल्ममा नाम राख्दा जीवनको आपत्ति

फिल्मीखबर, काठमाण्डौ, 2013/02/17

आफ्नो नाम बिना स्विकृती प्रयोग गर्दा जो कोही कलाकारले आपत्ति जनाउनु स्वाभाविक हो । त्यसैले नायक जीवन लुईटेल पनि बिना जानकारी आफ्नो नाम फिल्ममा प्रयोग गर्दा आपत्ति जनाएका छन् ।

 

प्रसङ्ग हो शुक्रबार मुहुर्त गरिएको फिल्म 'शिशा' को । आरबिके शरदले निर्देशन गर्न लागेको यो फिल्ममा नायक जीवन लुईटेललाई प्रमुख भुमिकामा प्रस्तुत गर्न लागिएको जानकारी दिईयो । तर नायक लुईटेलले भने आफूलाई नसोधी नाम राखेको प्रति आपत्ति जनाए । हाल अष्ट्रेलियामा रहेका जीवनले फिल्मीखबरसँगको फोन सम्पर्कमा भने- 'समाचारमा आफ्नो नाम देख्दा छक्क परें ।'

 

'एग्रिमेन्ट नभई यसरी कलाकारको नाम प्रयोग गर्न नहुने,' जीवनले भने । कलाकारको आफ्नै स्थान हुने भएकाले यसरी बिना जानकारी नाम प्रयोग गर्नु आपत्ति जनक रहेको उनको भनाई छ । यता फिल्मका निर्देशक आरबिके शरदले आफूले कुरा नगरे पनि निर्माताले कुरा गरेको बताए । उनले भने- 'हामीले एग्रिमेन्ट त गरेका छैनौं तर मौखिक रूपमा निर्माताले गत बर्ष कुरा गर्नु भएको थियो रे !' यस्तै उनले जीवनको नाम बेच्न नखोजेको भन्दै कुरा मिलाएर फिल्मको सुटिङ अगाडी बढाउने बताए ।

 

जीवनसँग कुरा मिलेको खण्डमा फिल्मको सुटिङ यहि फाल्गुन दोस्रो साताबाट शुरू हुने निर्देशक शरदले बताए । कुरा नमिले पनि जीवनलाई गलत नसोच्न उनले आग्रह गरे ।