जीतबाबु अर्थात नेपाली संगीतका बादशाह शम्भुजित बाँस्कोटाले पहिलो पटक आफू भन्दा निकै सानो उमेरकी गायिकासंग गीत गाएका छन् । पछिल्लो समय सेलेक्टेड फिल्महरुमा मात्र संगीत भर्दै आएका उनले महेन्द्र बुढोथोकीको निर्देशनमा तयार भईरहेको स्टार फिल्मका लागि एक गीत गाएका हुन् । जसमा उनलाई साथ दिएकी छिन् बुटवलकी १६ बर्षीया गायिका आकांक्षा बस्यालले ।
आउदो चैत्रको तेस्रो साता रिलिजको तयारीमा रहेको स्टारको ट्रिकी लोकप्यर्टन गीतमा जीतबाबुलाई आकांक्षाले प्रभावित बनाएपछि उनले प्रतिभाको उमेर हदबन्दी नहुनै भन्दै उनीसंगको आफ्नो गायन केमेष्ट्री जमेको बताए । यता नयाँ गायिका आकांक्षाले यो मौकालाई जिवनकै सर्वार्धिक सफलता प्राप्त क्षण भनेकी छिन् । अरु संगीतकारको संगीतमा कमै गीत गाउने जीतबाबुले पछिल्लो पटक अर्जुन पोखरेलको संगीतमा दुई वटा गीत गाउन भ्याएका छन् ।
'यस अघि जिगोलो फिल्मको टाईटल गीत उहाँले ल्याएको पनि राम्रो लाग्यो र अहिलेको पनि त्यसैले यो सहित उहाँसंग दुई पटक काम गरे मैले', जीतबाबुले संगीतकार पोखरेल तर्फ औल्याउदै भने । पोखरेलले पनि जीतबाबुसंगको काम गराई आफ्नो लागि अहोभाग्य भनेका छन् । जीतबाबुले सुरेश अधिकारी र लक्ष्मण शेष बाहेकका संगीतकारको संगीतमा गाउदैनन् थिए तर पछिल्लो पटक पोखरेल उनको रोजाईको नयाँ संगीतकार बनेका हुन् ।

फिल्मी ईतिहास पल्टाउने हो भने शम्भुजितले गाएका दर्जनौ फिल्मी गीतहरुको शतप्रतिशत गीतहरु हिट भएका छन् । सुगम, पप र आधुनिक सवै विद्याको गीत गाउने उनले पहिलो पटक अग्नी परीक्षाको फिल्ममा गाएको गीत हाम्लाई पनि मायाले हेर पार्वती अझै युवापुस्ताको मुखमा झुन्डिन सफल छ । त्यसका अलावा सुनचाँदीको ए संगीता, ठूल्दाईको सुनसुन सनम लगायत छन् ।
लक्ष्मण सुवेदी एक्जुकेटिभ प्रोड्यूसर रहेको स्टारको कथा नेपाली फिल्म ईन्डष्ट्रीसंग जोडिएको भनिएको छ जसको लिड एक्टर सुमिना घिमिरे हुन् ।

