थोरै बजेटमा राम्रा फिल्म बनाउने भन्दै निर्देशक आर. बि. के शरदले एक साथ तीनवटा फिल्म निर्देशनको घोषणा गरेका छन् । उनले आफ्ना तीन फिल्महरु सिसा, आँचल र मै छोरी सुन्दरी निर्माण घोषणा संगै फिल्मको शुभसाईत समेत गरे ।
यस अघि नैना रेशम तथा नाईट क्वीन फिल्म बनाएका शरदले म्यूजिकल लभस्टोरी आफ्नो प्याटनलाईे नछाड्नै भन्दै सोही जनरका तीन फिल्मको शुभसाईत गरेका हुन् । शुभसाईतका लागि डिआईजी नवराज सिलवाल सहित फिल्म क्षेत्रका बरिष्ठ ब्यक्तिहरुको उपस्थिती रहेको थियो जसले घोषणा बमोजिम उत्कृष्ट फिल्म बनाउन निर्देशक सफल हुन भनी शुभकामना दिएका थिए । घोषणा गरिएका मध्ये दुई फिल्म सिसा र आँचल यहि फाल्गुन १५ देखि क्रमश फ्लोरमा जाने मुहुर्त समारोहमा जानकारी दिइएको छ ।

ननस्टप क्रियशनको ब्यानरमा यी तीन वटै फिल्ममा महेश ढुङ्गेलको लागनी रहने बताईएको छ । घोषणा गरिएका यी फिल्महरुमा धीरेन शाक्य, जीवन लुईटेल, सुरबीर पण्डित, रबिन्द्र खड्का, सरिता गिरी, सुनिल सिहं ठकुरी, सपना श्रेष्ठ, दिपेश भण्डारी, अमृत केसी, बद्री थापा, श्रेया दुलाल, निता पोख्रेल लगायतका कालाकार फाईनल गरिएको जानकारी दिईएको छ । मुहुर्त सामारोहमा निर्देशक शरदले थोरै बजेटमा एक साथ दुई वटा फिल्म निर्देशन गर्न सकिने आधारहरु प्रशस्त रहेको बताउदै मुहुर्तको यो फर्मुला अपनाएको बताएका छन् ।
.jpg)
.jpg)

