Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साँघुरो गीत : आउँदै छु कि जाँदै छु म...

फिल्मीखबर, काठमाण्डौ, 2013/02/16

प्रदर्शनको संघारमा रहेको फिल्म साँघुरोको गीत सार्वजनिक गरिएको छ । यौन मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको यो फिल्मको प्रस्तुत गीतले पनि यौन कुण्डालाई दर्शाएको छ अर्थात प्रस्तुत गीतले फिल्मको कथालाई बोकेको देखिन्छ ।

 

मदन गोपालको स्वर तथा संगीत रहेको यो गीतलाई अबिरल थापाले लेखेका हुन् भने भिडियोको निर्देशन फिल्मका निर्देशक जोएस पाण्डेले नै गरेका हुन् । क्यामेरा म्यान सुसन प्रजापती हुन् भने सम्पादन अजय खड्काले गरेका हुन् । सार्वजनिक गीतमा फिल्ममा मुख्य पात्र शुशांख मैनाली र दीया मास्केले अभिनय गरेका छन् ।

 

नेपाली समाजमा घटिरहेको यौन कुण्ठाको यथार्थ घटनालाई मुख्य बिषय बनाएको यो फिल्ममा दयाहाङ राई र अरूणा कार्की पनि मुख्य भुमिकामा छन् । समिर मैनाली प्रोडक्सनको व्यानरमा समिर मैनाली निर्माता रहेको यो फिल्मको कथा बिनोद पौडेलले लेखेका हुन् । फिल्मलाई बैषाख महिनामा रिलिज गर्ने योजना निर्माण युनिटको छ ।