Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्रकर्मी कल्याण कोषलाई ५० लाख !

फिल्मीखबर, काठमाण्डौ, 2013/02/15

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल चलचित्र विकास बोर्ड अर्न्तगतको चलचित्रकर्मी कल्याण कोषलाई ५० लाख रूपैंया अनुदान दिने भएको छ ।


यसअघि माधब कुमार नेपाल प्रधानमन्त्री हुँदा र पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री हुँदा बोर्डलाई एक एक करोड सरकारले अनुदान दिएको थियो । सोही दुई करोडको ब्याज सहित अहिले बोर्डमा रू २ करोड ५४ लाखरकम जम्मा भएको थियो भने आजको ५० लाख जोड्दा बोर्डको खातामा तीन करोड ४ लाख रूपैंया जम्मा हुनेछ ।

 

विकास बोर्डमा केहि दिन अगाडी मात्र अध्यक्ष पदमा नियुक्त भएका धर्मेन्द्र मरवैता 'पप्पु' को कार्यकालमा यो रकम निकासा भए पनि पहल यसअघिका अध्यक्ष गणेश भण्डारीको पालामा नै भएको बुझ्नमा आएको छ । अहिले भने पप्पुले सञ्चारमन्त्री राजकिशोर यादवसँग रकम निकासाको माग गरेकाले आजको मन्त्रिपरिषदको बैठकले उक्त रकम दिने निर्णय गरेको बुझिएको छ ।

 

चलचित्रकर्मी कल्याण कोषमा जम्मा भएको यो रकम चलाउन नपाए पनि यसबाट आएको ब्याजले नेपाली फिल्म क्षेत्रमा योगदान पुर्‍याएका अशक्त फिल्मकर्मीलाई सहयोग गर्नेछ । यो बाहेक बोर्डमा फिल्म सिटी निर्माण र बक्स अफिस निर्माणका लागि २ अर्ब बजेट निकासा हुने चर्चा समेत चलिरहेको छ । तर यो बजेट कहिले निकासा हुन्छ भन्ने कुरा अन्यौलमा नै छ ।