Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

नयाँ अनुहारको खोजीमा श्याम

फिल्मीखबर, काठमाण्डौ, 2013/02/15

नेपाली फिल्ममा नयाँ अनुहारको प्रवेश भए पनि दक्ष अनुहार नआएको गुनासो बेलाबेला फिल्मकर्मी, सञ्चारकर्मी तथा दर्शकले गर्दै आएका छन् । अब यो गुनासोलाई निर्देशक श्याम भट्टराईले मेट्ने दाबी गरे ।

 

निर्देशक श्याम लंका फिल्म पछि आफ्नै व्यानर चण्डिका फिल्मसले निर्माण गर्न लागेको नयाँ फिल्मका लागि बिल्कुलै नयाँ अनुहारको खोजीमा छन् । 'यसपटक पूरै नयाँ अनुहारसँग काम गर्ने इच्छा जाग्यो त्यसैले कलाकारको खोजी गरेको हुँ,' श्यामले भने- '१५ बर्ष देखि २५ बर्ष उमेर बिचका महिला र पुरूष युवाहरू नै मेरो फिल्मका कलाकार हुनेछन् ।' कलाकार बन्न इच्छुकले चण्डिका फिल्मको कार्यालयमा सम्पर्क गर्न सक्ने उनले बताए ।

 

फिल्ममा काम गर्न इच्छुकले फाल्गुन दोस्रो साता भित्रमा सम्पर्क गरिसक्नु पर्ने श्यामको भनाई छ । उनी थप्छन्- 'फाल्गुनको दोस्रो साता अडिसन लिएर ४० दिनको वर्कशप शुरू गर्छौं ।' फिल्मको सुटिङ गरे स्टाईलमा नै वर्कशप गरि कामको दक्षता हेरेर मुख्य भुमिका दिने श्यामले बताए । उनले भने, 'जति जना अडिसनमा छनिनु हुन्छ उहाँहरू सबै फिल्मको कलाकार हो । तर, जस्ले वर्कशपमा राम्रो काम गर्छ उसलाई मुख्य भुमिका दिईनेछ ।'

 

श्यामले वर्कशपमा नै फिल्मको कथालाई अन्तिम रूप दिने बताए । उनका अनुसार युवावर्ग लक्षित उक्त फिल्मका कलाकारको मनोभावना बुझेर स्क्रिप्टको अन्तिम ड्राफ्ट तयार हुनेछ । बैशाख महिनाको अन्त्य तिर सुटिङ शुरू गर्ने उनको तयारी छ । यसअघि जानकी र गहना टेलिफिल्म तथा मर्यादा, मौसम, च्यालेञ्ज र लंका फिल्म निर्देशन गरेका श्याम यस पटक केहि नयाँ प्रयोगका साथ फिल्म निर्माणमा उत्रन लागेको बताउँछन् । फिल्म निर्माणमा लंकाका निर्माता शुशिल कुमार शाहले साथ दिने भएका छन् ।