Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुष्माको सुटिङमै डेटिङ

फिल्मीखबर, काठमाण्डौ, 2013/02/15

शुष्मा कार्कीको लागि हिजो दिन दुई अर्थले राम्रो रह्यो । भ्यालेन्टाईन्स डे परेको आफ्नो बर्थ डे विर्सिएर उनले सुटिङमा समय खर्चिएकाले बाउन्सर फिल्मको सुटिङ सेट उनका लागि  अविस्मरणीय रहन पुग्यो ।


अर्को तर्फ सुटिङ सेटमै ब्यायफ्रेण्ड निरन श्रेष्ठले देखाएको केयरिङ पनि सुष्माको लागि सुनमा सुगन्ध जस्तै रह्यो । भला उनका प्रेमी सधै सुटिङ सेटमा किन देखा नपरुन् तर भ्यालेन्टाईन्स डेको दिन आफ्नो भ्यालेन्टाईनसंग रहदा उनलाई सुटिङमा रहेको आभाष एकरती पनि  हुन पाएन, त्यसैले हिजो सुटिङको अनुभव डेटिङ सरह रहेको शुष्माको प्रतिक्रिया छ ।


अनुप्रष्त ब्याण्डका लिड भोकलिष्ट निरन र शुष्मा पछिल्लो केही महिना देखि एउटै छानामुनी बस्दै आएका छन् जुन सम्बन्ध बिवाहमा परिणत पनि हुँदैछ । तर हिजोदेखि २५ बर्षमा प्रवेश गरे पनि शुष्माले तत्काल बिहे गर्ने प्लान नरहेको बताएकी छिन् । ठमेल किचन स्थित ज्वरोले ग्रष्त बनाएको विरामी शरिरलाई शुष्माले बाउन्सरको शिर्ष गीतमा दिनभर मर्काईरहेकी थिईन् जहाँ कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा नयाँ हिरो प्रशान्त गिरीले उनलाई साथ दिएका थिए ।

 

मदन घिमिरेको निर्देशनमा एक हप्तादेखि फ्लोरमा रहेको यो फिल्म एउटा क्लवको कथा र उपकथाले भरिएको बताईएको छ । यो फिल्मलाई असिस्टेन्ट डाईरेक्टर भएर अनमोल शर्माले ह्यान्डल गरेका छन् । नयाँ कम्पनी काभ्रे फिल्मस मार्फत बन्दै गरेको यो फिल्म आउदो १५ दिन भित्र प्याकअप गर्ने लक्ष्य रहेको निर्माण यूनिटले जानकारी दिईएको  छ । फिल्मका स्क्रिप्टराईटर मौनता श्रेष्ठ हुन् भने म्यूजिशियन चेतन सापकोटा र अर्जुन पोखरेल हुन् । फिल्मलाई रेड फोर के  क्यामेराको प्रयोग गरी  कृष्ण श्रेष्ठले खिच्ने जिम्मा पाएका छन् ।