Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यो पनि फस्ट लुक !

फिल्मीखबर, काठमाण्डौ, 2013/02/15

 

पछिल्लो समय फिल्मको पब्लिसिटी गर्ने भन्दै फस्ट लुक रिलिजको परम्परा बढ्दो छ । फिल्म जे जस्तो होस् फस्ट लुक रिलिज गर्न सबैको रहर बनेको छ । यहि क्रममा निर्माता करण क्रेजीले पनि आफ्नो नयाँ फिल्म 'जंजिर' को प्रस्तुत पोस्टरलाई फस्ट लुक भनेका छन् ।

 


सरस्वती पुजाको दिन शुभ हुने भन्दै फिल्मको पब्लिसिटीको पहिलो कदम यो पोस्टर तयार गरेको निर्माता क्रेजी बताउँछन् । पोस्टरमा कलाकारको अनुहार नदेखाउनु उनको नयाँ पन रे ! शोभित बस्नेतले निर्देशन गरेको यो फिल्ममा जयकिशन बस्नेत, हर्षिका श्रेष्ठ, रिया श्रेष्ठ, सुष्मिता शाही, सुनिल गुरूङ, लय संग्रौला, शोभित बस्नेत, सुमन लामा लगायतले अभिनय गरेका छन् ।

 

मोहन कृष्ण श्रेष्ठ, गौतम मुखर्जी, नरेशध्वज श्रेष्ठ, राजेश खड्गी र धावा लामा समेत निर्माता रहेको यो फिल्मलाई बैशाखमा रिलिज गर्ने बताईएको छ । फिल्ममा टंक बुढाथोकी र रियाज शिवाकोटीको संगीत, गणेश कुमार श्रेष्ठको छायाँकन, शंकर महर्जनको द्धन्दनिर्देशन तथा शुशिल पंगेनीको लेखन रहेको छ ।