Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

अनुप बराल उत्रिए फिल्म डाईरेक्सनमा/ निश्चल पनि हिरो

फिल्मीखबर, काठमाण्डौ, 2013/02/14

रोड प्ले तथा  थिएटर पर्फमेन्स एवं डाईरेक्सनको २२ बर्षे अनुभव संगाल्दै अनुप  बराल फिल्म डाईरेक्सनमा  उत्रिएका छन् । ३ सय बढी सडक नाटक र ४८ वटा ठूला नाटक निर्देशन गरि अनुवभ बटुलेका बरालले भ्यालेन्टाईन्स डे शुभ दिनमा आफ्नो पहिलो प्रजोक्ट फिटकिरी निर्माणको घोषणा गरे ।

 

प्रणय दिवसको  दिन यी अनुभवी अभिनेताले आफ्नो विलवेट दिया मास्केलाई पनि यो फिल्ममा  लिड रोल दिएका छन् । ईन्भेस्टिकेशन थ्रील जनरको यो फिल्ममा उनका चेला हाकु काले (सौगात मल्ल) प्रमुख भूमिकामा छन् । यी बाहेक गत बर्षको बल्कबष्टर फिल्म लुटका डाईरेक्टर निश्चल बस्नेत र लुट फिल्मकै प्रोड्यूसर माधव वाग्लेको नयाँ फिल्मका डाईरेक्टर पूर्णेन्दु झा सहित धीरेन्द्र प्रेमर्शी र रमेश रञ्जन झा पनि यो फिल्मका कलाकार रहेको प्रेस मिटमा जानकारी दिईएको छ ।

 

यो फिल्मको कथा निकै चर्चित फिल्म जर्नलिष्ट यज्ञशले तयार गरेका हुन् । गीत लेखन पनि चर्चित गीतकार भुपेन्द्र खड्काको रहेको छ ।  चपली हाईट प्रोड्यूसर अर्जुन कुमारले यो फिल्मलाई नयाँ प्रोड्यूसर सुमित मैनालीसंगको साझेदारीमा निर्माण गर्न लागेका हुन् । 'हामीले राम्रो टिमको साथमा नयाँ फिल्म लिएर आएका छौ तसर्थ फिल्म राम्रो बन्छ भन्ने विश्वास छ,' अर्जुनले प्रेस मिटमा भने । उनले अनुप बरालको अनुवभ थिएटर तर्फको हुदा फिल्म कर्मशियल भ्यालुको नबन्ला भन्ने प्रश्न पनि उठेको  भन्दै  सो बिषयलाई आफूहरुले चिर्ने किसिमले स्क्रिप्ट तयार गरेको दाबी गरेका छन् । 

 
 
यता अनुपले पनि फिल्म निर्देशनको विद्यामा आउने  सोच कहिले नबोकेकाले यो अबसरलाई संयोग भनेका छन् । निर्देशन विद्याबाट गत बर्ष निकै ख्याति कमाएका निश्चल बस्नेतले एक्टिङ विद्यालाई निजिकबाट बुझ्ने प्रयास स्वरुप यो फिल्म खेल्न आएको प्रस्तावलाई स्वीकारेको प्रेस मिटमा बताए । यहि फाल्गुन ७ देखि फ्लोरमा जाने यो फिल्मलाई पूरुषोत्तम प्रधानले खिच्ने छन् भने थ्रील सूर्य थोकरको रहने छ । फिल्मको बजे  प्रारम्भीक बजेट ४५  रहेको प्रोडक्सन हेड बुद्धीलाल मगरको भनाई छ । काठमाण्डौको कथा भनिएको फिटकिरी नयाँ प्रोडक्सन हाउस मेघा ईन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो ।