Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चुनावी साधारणसभामा जाने निर्माता संघको निर्णय

फिल्मीखबर, काठमाण्डौ, 2013/02/13

राजकुमार राईको नेतृत्वमा रहेको कार्यसमितिको समयावधि सकिन लाग्दा अर्को कार्यसमिति ल्याउने तयारी सुरु गरिएको छ । संघको कार्यसमितिको हिजोको बैठकले आउदो आर्थिक बर्षको पहिलो हप्ताभित्र चुनावी साधारणसभा सम्पन्न गरी नयाँ नेतृत्व ल्याउने निर्णय गरेको हो ।

 

कार्यसमिति सदस्य सुमन दाहालका अनुसार भखैरै सकिएको फिल्मकर्मीहरुको आन्दोलनको सकारात्मक समिक्षा सहित संघले आउदो श्रावण पहिलो हप्ताभित्र चुनावी साधारण सभा सक्ने निर्णय गरेको हो । तीन बर्षअघि भएको चुनावी साधारणसभाबाट राजकुमार राई बिजयी भएका थिए जसको समयावधि समय यहि फाल्गुन २२ सम्म रहेकाले चुनावी साधारणसभामा जाने निर्णय गरिएको हो ।