Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म नआएपछि भ्यालेन्टाईन्समा गीत उपहार

फिल्मीखबर, काठमाण्डौ, 2013/02/13

भ्यालेन्टाईन्स डे अर्थात प्रेम दिवसको अवसर पारेर रिलिज गर्ने भनिएको फिल्म 'मेरो भ्यालेन्टाईन' निर्धारित समयमा रिलिज हुन नसकेपछि निर्माण युनिटले गीतमा चित्त बुझाउनु परेको छ ।

 

'फिल्म रिलिज गर्ने योजना थियो तर प्राबिधिक कारणले गर्दा सकिएन त्यसैले दर्शकहरूलाई हामीले भ्यालेन्टाईन उपहारको रूपमा गीत रिलिज गरेका छौं,' निर्माता शुशिल श्रेष्ठले भने- 'फिल्मको गीत भ्यालेन्टाईन स्पेसल भएकाले पनि यो समयमा हामीले रिलिज गरेका हौं ।' उनले सार्वजनिक गीतलाई दर्शकले भ्यालेन्टाईन उपहारको रूपमा स्विकार्ने बिश्वास लिएको बताए ।

 

चार जना पात्र निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह र सुस्मिता ढकालको प्रेमकथालाई बुनिएको यो फिल्मलाई सुरज सुब्बा 'नाल्बो' ले लेखन तथा निर्देशन गरेका हुन् । एक दशक यता संचालनमा रहेको पोष्ट-प्रोडक्सन कम्पनी सफ्ट ईमेज कम्पनीद्धारा पहिलो पटक निर्मित यो फिल्मको सार्वजनिक गीतमा सुगम पोखरेलको संगीत रहेको छ । यसअघि नै फस्टलुकको रूपमा प्रस्तुत गीतलाई रिलिज गरेका निर्माता सुशिलले यसपटक रंगसंयोजन गरेर प्रोमोश्नल गीत रिलिज गरेको बताए ।

 

सुगम पोखरेल र राजन तिमल्सिनाको शब्द रहेको यो गीतमा सुगम पोखरेल, अनिल सिंह, प्राश्ना शाक्य र श्रेया सोताङको स्वर रहेको छ । बैशाख महिनामा रिलिज गर्ने योजना बनाईएको यो फिल्मको अडियो गीत पनि रिलिज गरिएको छ ।

 

Click Here :- Mero Valentine Audio