निर्देशक शोभित बस्नेत र निर्माता कविता श्रेष्ठको ठाकठुक परेको खबर यसअघि धेरै पटक आईसकेको छ । बाहिर यि दुईको हाई हेल्लो भए पनि मन भित्रैबाट यि दुईको सम्बन्ध सुमधुर छैन ।
निर्माता कविताले शोभितलाई लिएर पहिलो पटक प्लान फिल्म बनाईन् । त्यसलगत्तै रेजिना उप्रेतीको सहकार्यमा पुन: शोभितलाई नै लिएर वरदान बनाईन् । कविताले शोभितलाई प्लान गरे पश्चात कुनै फिल्म नगरी रिलिजको बेलासम्म सहयोग मागेकी थिईन् तर शोभितले मानेनन् र दुई वटा फिल्म गरे । त्यतिमात्र हैन प्लानको रिलिजका बेला शोभितले पब्लिसिटीमा साथ नदिएको गुनासो कविताको थियो । त्यसपश्चात यि दुईको सम्बन्धमा ३६को आँकडा शुरू भयो ।
सम्बन्ध बिग्रदैं गएपछि शोभितले आफैले निर्देशन गरेको फिल्म वरदानको बारेमा नकारात्मक टिप्पणी गरेको कविताले बताईन् । शोभितले वरदानको बारेमा केहि नकारात्मक टिप्पणी गरेको स्विकारे पनि पूर्ण नकारात्मक भने नरहेको बताए । यि दुईको सम्बन्धलाई सुधार गर्न बिचमा उभिए महानायक राजेश हमाल । शुरूमा त शोभितले टेलिभिजनमा वरदानको बारेमा दिएको अर्न्तवार्ता हेरेको भन्दै कविताको बारेमा नराम्रो त बोल्नु भएन नि भन्दै व्यङ्ग्य गरे । शोभितले पनि कवितालाई व्यक्तिगत रूपमा केहि नभनेको बताए ।
यता कविताले शोभितको नाम फिल्मबाट नहटाएको बताईन् । मिडियामा नाम हटाएको बताईए पनि फिल्ममा नाम राखेको तर फस्टलुक पोस्टरमा नराखेको बताईन् । 'केहि कुरामा चित्त बुझेको थिएन त्यसैले नाम राखिन', कविताले भनिन् । कविताको कुरा सुनिसके पछि राजेशले भने- 'छोराले बाउको नाम मेटाउँदैमा मेटिन्न । त्यसैले बितेका कुरालाई छोडेर अब मिल्नुस् ।' राजेशको आडमा बसेकी अभिनेत्री करिष्माले पनि राजेशको भनाईलाई सहमती जनाईन् ।
कविताको निर्माणमा शोभितले निर्देशन गरेको फिल्म वरदानमा राजेश हमाल र करिष्मा मानन्धरको अभिनय हेर्न सकिनेछ । यि दुईको साथमा फिल्ममा रेजिना उप्रेती र मुकेश ढकाल पनि मुख्य भुमिकामा छन् । थाइल्याण्डमा आफू अभिनित वरदान हेरेका हमालले फिल्मीखबर समक्ष राम्रो पारिवारिक फिल्म बनेको बताए । करिष्माले पनि नेपाली दर्शकहरूले मन पराउने खालको फिल्म बनेको बताईन् । यो फिल्म फाल्गुन २५ गते रिलिज हुँदैछ ।

