Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नयाँ बर्षको अवसरमा `काठमाण्डौ सर्ट फिल्म फेस्टा` हुने

फिल्मीखबर, काठमाण्डौ, 2013/02/12

पछिल्लो समय नेपालमा छोटा फिल्मको निर्माण क्रम फस्टाएको छ । फिल्म अध्ययन सम्बन्धि थुप्रै इन्ष्टिच्युट, कलेजको सञ्चालनले पनि छोटा फिल्म निर्माण गर्ने क्रम बढेको हो । यस्ता फिल्मले उचित स्थान पाउन सकोस भनेर छायाँछबि क्रियसनले पहिलो पटक ‘काठमाण्डौ सर्ट फिल्म फेस्टा–२०१३’ आयोजना गर्न लागेको छ ।


नेपाली फिल्मको व्यापार बिग्रिरहेको बेला बैकल्पिक बजारको रुपमा छोटा फिल्मबाट नयाँ बजार स्थापित गर्न सकिने उदेश्यले यो महोत्सब गर्न लागिएको छायाँछबि क्रियसनका अध्यक्ष शान्तिप्रियले जानकारी दिए । केही सयम यताबाट नेपाली फिल्मकर्मीले निर्देशन गरेका सर्ट फिल्महरु अन्तराष्ट्रिय फिल्म महोत्सबमा पुरस्कृत हुन थालेका छन् । यस्ता फिल्मले सुरुमा आफ्नै मुलुकमा सम्मान र स्थान पाउनु पर्छ भन्ने उदेश्यले पनि ‘सर्ट फिल्म फेस्टा’ आयोजना गर्न लागिएको शान्तिको भनाई छ ।


फेस्टिबल काठमाण्डौको अनामनगर स्थित ‘मण्डला थिएटर’मा आउँदो चैत ३० देखि बैशाख १ गते (अप्रिल १२–१४)सम्म हुने छ । महोत्सबमा छोटा फिल्म प्रदर्शनका साथै फिल्म सम्बन्धि कार्यशाला, अन्तरक्रिया लगायतका कार्यक्रम पनि आयोजना गरिने महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए । यो फेस्टामा बृत्तचित्र, छोटा फिल्म, कार्टुन/एनिमेशन फिल्मले भाग लिन पाउने छन् । सम्बन्धित फिल्मको लम्बाई भने ५ मिनट देखि ४५ मिनट भित्रको हुनु पर्ने डब्बुको भनाई छ ।

 

फेस्टा लागि सहभागी हुनका लागि छायाँछबीको कार्यालय डिल्लीबजारमा चैत १२ सम्म लघू फिल्म दर्ता गर्नु पर्ने प्रावधान आयोजक पक्षले तय गरेको छ । जुनसुकै बिधा र शैलीका फिल्मले फेस्टामा भाग लिन पाउने छ । काठमाडौं सर्ट फिल्म फेस्टा–२०१३मा सहभागी सर्ट फिल्मले प्रथम, द्धितीय, तृतीय पुरस्कार प्राप्त गर्ने छन् । यस्तै ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’ र ‘पब्लिक च्वाईस अवार्ड’ प्रदान गरिने छ ।